इराकीको घरमा काम गर्ने गोरखाकी माया गुरुङ भन्छिन्, सडकमा मान्छे कराइरहेको देख्छु, ब म पड्कि एको आवाज सुनिन्छ

काठमाडौँ — इराकको राजधानी बग्दादस्थित एक इराकीको घरमा गोरखाकी माया गुरुङ चार वर्षदेखि घरेलु कामदार छिन् । मंगलबार दिउँसो फोन सम्पर्कमा भेटिँदा उनी बच्चालाई खाना खुवाउँदै थिइन् । बच्चा कराइरहेको सुनिन्थ्यो । ‘यो घरमा ५ जना साना बच्चा छन् । खाना खुवाउनै गाह्रो छ,’ उनी भन्दै थिइन्, ‘यिनीहरूलाई खाना खुवाइसकेपछि मालिकमालिक्नीलाई खुवाउनुपर्छ ।’ फोन गरेका बेला उनका ‘मालिकमालिक्नी’ बाहिर निस्किएका थिए ।

गत शुक्रबारदेखि इराकमा अशान्त वातावरण बनेको उनलाई थाहा छ । ‘छतमा लुगा सुकाउन र निकाल्न जाँदा सडकमा मान्छे कराइरहेको देख्छु । सडकमा आगोको मुस्लो देखिन्छ । बेलाबेला ब म पड्कि एको आवाज सुनिन्छ,’ उनले सुनाइन् । उनलाई मालिक्नीले इरानका ठूलो नेता मा रि ‘एकाले तनाव बढेको भनेकी छन् । ‘मालिक्नीले घरमा काम गर्दा कुनै डर हुँदैन, केही भए नेपाल पठाइदिन्छौं भनेर सम्झाइरहेकी छन्,’ उनले भनिन् ।

त्यही घरमा गोरखाकै मनमाया गुरुङ र फिलोपिनो युवती पनि काम गर्छन् । ‘भारत, श्रीलंका, यूएई हुँदै बग्दाद आइपुगेकी हुँ । असल श्रीमान् परिदिएको भए यस्तो देशमा किन आउनुपर्थ्यो ?’ मायाले भनिन्, ‘यहाँ अहिले मासिक ६ सय डलर तलब पाइरहेकी छु । काठमाडौंमा छोरीहरूलाई पढाउँदै छु ।’

माया इराकी भाषा बोल्छिन् । ‘इराकी टेलिभिजनमा आउने समाचार हेर्दा निकै डर लाग्छ । इरान र अमेरिकाबीच ल डाइँ भए बग्दादमा क्षति पुग्छ भन्छन्,’ उनले भनिन् । उनलाई यु द्ध सुरु भइहाले कसलाई गुहार्ने, कहाँ गएर बस्ने, कसरी नेपाल फिर्ने भन्ने तनाव छ । मनमायाले भने जे होला देखिएला भन्ने अवस्थामा रहेको बताइन् । दुई महिनाअघि मात्रै बिदामा नेपाल आई फर्केकी उनले भनिन्, ‘हामीलाई त सरकारले गैरकानुनी भन्छ । यहाँ त दूतावास पनि छैन ।’

छैन समन्वय
बग्दादमा नेपालीहरू तीन क्षेत्रमा काम गर्छन् । ग्रिन जोन, रेड जोन र घरभित्र । यी तीनवटा क्षेत्रमा काम गर्ने नेपालीबीचमा समन्वय र भेटघाट दुर्लभ छ । सरकारी कार्यालय, दूतावास र अमेरिकी सैन्य क्याम्पभित्र काम गर्नेहरू बाहिर निस्कनै पाउँदैनन् । रेड जोनमा रहेको होटलमा काम गर्नेहरू पनि भित्रै बस्छन् । घरेलु कामदारबीच पनि भेटघाट कठिन छ । ‘बाहिर काम गर्ने कोही कोही साथीसँग भेट हुन्छ,’ ९ वर्षदेखि बग्दादमा रहेका जीतमान गुरुङले भने, ‘हामी संगठित छैनौं ।’

सुरक्षित मानिएको इराकभित्रको अर्को राज्य कुर्दिस्तानमा भने केही नेपाली संगठित छन् । ‘बग्दाद क्षेत्रमा कति नेपाली छन्, कुन कम्पनीमा छन् ? सबै अनुमान हो । यकिन थाहा छैन । उनीहरू असंगठित छन् । दुई–चार जनासँग सम्पर्क हुने हो,’ गैरआवासीय नेपाली संघ इराकका अध्यक्ष लालकाजी गुरुङले कान्तिपुरसित भने, ‘कुर्दिस्तानका अर्विल र सुलेमानी क्षेत्रमा रहेका नेपाली संगठित छन् ।’ गुरुङका अनुसार परिस्थिति बिग्रिएर उद्धार गर्नुपर्‍यो भने निकै जटिल छ ।

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…