ब्रेकिङ : ईरानबीचकाे तनाव भइरहेकैबेला तेहरानमा १ सय ८० यात्रु बाेकेकाे जहाज दु’ र्घटना

ईरान – ईरानकाे राजधानी तेहरानमा एक सय ८० जना यात्रु बाेकेकाे हवाई जहाज दु ‘र्घटना भएकाे छ ।

हवाई जहाजकाे प्राविधिक गडबडीका कारण दु ‘र्घटना भएकाे बताइएकाे छ । तर याे दु ‘र्घटनालाई लिएर अमेरिका–ईरानबीचकाे तनावलाई पनि जाेडिएकाे छ ।

हवाई जहाज उडान भर्दै गर्दा या अवतरणकाे क्रममा दु ‘र्घटना भएकाे हाे यसबारे केही जानकारी प्राप्त भएकाे छैन ।

सैन्य कमान्डर कासिम सुलेमानीको बदला अमेरिकी सैन्य अखडामा इरानद्वारा आ क्रमण

इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले आ क्रमण गरेको छ । अमेरिकी ड्रोन आक्र मणमा आफ्ना सैन्य कमान्डर कासिम सुलेमानी मारि एपछि क्रुद्ध बनेको इरानले त्यसको प्रतिक्रियास्वरूप इराकमा रहेको अमेरिकी सेनाको दुई हवाई अड्डामा दर्जन बढी ब्यालेस्टिक मिसाइल आ क्रमण गरेको हो ।

अमेरिकाको रक्षा विभागले इरबिल र अल-असदका अलग-अलग सैन्य अखडामा इरानबाट मिसाइल आ क्रमण भएको पुष्टि गरेको छ ।

पेन्टागनका अनुसार, मिसाइल आ क्रमणबाट अमेरिकी हवाई अड्डामा हताहती भएको छ या छैन भन्नेबारे प्रष्ट हुन बाँकी छ ।

इरानी सरकारी टेलिभिजनले इराकस्थित अमेरिकी सैन्य अखडामा इरानले आ क्रमण गरेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा आफ्ना सैन्य कमान्डरको ज्या न गएकाले त्यसको बद लास्वरूप प्रतिआ क्रमण गरिएको इरानी रिभोलुसनरी गार्डको भनाइ छ ।

सुलेमानीको मंगलबार अन्त्ये ष्टि गरिएलगत्तै इरानले अमेरिकी सेनामाथि आ क्रमण गरेको हो । इरानले अमेरिकालाई सहयोग गर्दै आएकाहरुलाई पनि आ क्रमण गर्ने चेतावनी दिएको छ । इराकस्थित सैन्य क्याम्पहरुलाई स्थानीयले आवासलगायतका पूर्वाधारमा सहयोग गर्दै आएका छन् ।

आफ्ना सैन्य अखडामा भएको आ क्र मणबारे अहिलेसम्म ट्रम्पले धारणा सार्वजनिक गरिसकेका छैनन् । यद्यपि, हृवाइटहाउसले एक विज्ञप्ति जारी गर्दै इरानलाई कसरी जवाफ दिने भन्नेबारे परामर्श भइरहेको जनाएको छ ।

‘इराकमा रहेका अमेरिकी सेनामाथि भएको आ क्रमणको रिपोर्टले हामी सतर्क छौं । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घटनाबारे जानकारी गराएर राष्ट्रिय सुरक्षा समूहसँग परामर्श गरिरहेका छौं’, हृवाइट हाउसकी प्रवक्ता स्टेफनी ग्रिसमले विज्ञप्ति जारी गर्दै भनेकी छन् ।

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…