बला’ त्कृत युवतीले नग्मा गाउँ छाडिन् : बलात्कारीले गाउँमा मिठाई बाँडे, मासुको भोज खाए !

घरबाटै अपहरित एक युवती भारतमा बला ‘त्कृत भएर फर्किएको तर अदालतबाट न्याय नपाएपछि घर छाडेको विषयलाई कान्तिपुरले एंकर समाचार बनाएको छ । ‘अनि नग्माले नेपालगन्ज छाडिन्’ शीर्षकको समाचारमा लेखिएअनुसार नेपालगञ्ज वनघुस्राकी २२ वर्षीया नग्मा (परिवर्तित नाम)लाई गत कात्तिक १३ गते गाउँकै निजामुद्दिन साई र मुबारक नाउले मोटरसाइकलको बीचमा राखेर अ’ पहरण गरे ।

उनीहरुले रुपैडिया पुगेर अर्कै पुरुषको जिम्मा लगाए । ती पुरुषले बे होस बनाएर नयाँदिल्ली पुर्‍याए । एक कोठामा राखेर पालैपालो ब लात्कार गरे । अनेक प्रयासपछि उनी कात्तिक १७ गते घरमै फर्किन सफल भइन् । उनलाई भारतमा बेच्ने निजामुद्दिन र मुबारक गाउँमा निस्फिक्री घुमिरहेका थिए ।

नग्माले कात्तिक १८ गते उनीहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी उजुरी दिइन् । उनीहरु प क्राउ परे । जिल्ला अदालतले मंसिर १७ गते उनीहरु दुवैलाई पुर्पक्षका लागि थु नामा पठाउन आदेश दियो ।

तर, पीडक पक्षको उजुरीपछि तुलसीपुर उच्च अदालतले जिल्ला अदालतको आदेश बदर गरिदियो । निजामुद्दिन र मुबारक एक-एक लाख धरौटीमा रिहा भए । गाउँ गएर खुसियाली मनाए । मासुको भोज खाए, मिठाई बाँडे । त्यही दिनदेखि नग्माले नेपालगञ्ज छाडिन् । उनी सर्वोच्च अदालतको ढोका ढक्ढकाउन अहिले काठमाडौं आएकी छन् ।

भर्खरै प्रकाशित

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…

अमेरिकाले देशनिकाला गरेका वैज्ञानिक जसले चीनलाई चन्द्रमामा पुर्‍याए

बीबीसी । एकजना चिनियाँ वैज्ञानिकले एउटा होइन, दुई महाशक्ति राष्ट्रलाई चन्द्रमामा पुर्‍याउन सहयोग गरे। तर उनको कथा एउटा देशले मात्र सम्झिन्छ। साङ्घाईमा ७० हजार कलाकृति…