अमेरिका–इरान तनाव : चीनका लागि रणनीतिक वरदान, इन्डो प्यासिफिकमा लाग्नसक्छ ब्रेक

अमेरिकाले इराकमा ड्रोन आ ‘क्रमण गरेर इरानका शक्तिशाली जर्नेल कासिम सुलेमानीको ह ‘त्या गरेपछि पश्चिम एसियामा तनाव बढेको छ। अमेरिकाले पश्चिम एसियामा पुनः अर्को द्वन्द्व सुरु गर्ने जोखिम पनि देखिएको छ।

अमेरिका–इरान युद्ध भए त्यसले विश्वभर अनेकौँ चुनौती पैदा गर्नेछ। यसको एउटा असर अमेरिकाले अघि सारेको इन्डो–प्यासिफिक रणनीतिमा समेत पर्नेछ।

इरानसँगको द्वन्द्व बढे इन्डो–प्यासिफिक नीति असफल हुने चिन्ता यसका समर्थकहरुमा देखिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले दुई वर्षअघि ‘फ्री एन्ड ओपन इन्डो प्यासिफिक’ को नीति अघि सारेको थियो। यो अवधारणाका चार मुख्य खम्बा छन्–अमेरिका, जापान, अस्ट्रेलिया र भारत। एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो महत्वाकांक्षा र विस्तारलाई रोक्न रणनीति अघि सारिएको विश्लेषण गरिन्छ।

कतिपयले यसलाई अमेरिकाको आगामी रणनीतिको प्रमुख हिस्सा पनि मान्ने गरेका छन्। र, चीनविरुद्ध स्पष्ट रणनीति तयार गर्नु नै विदेशनीतिमा ट्रम्प प्रशासनको सबैभन्दा महत्वपूर्ण उपलब्धि हो भन्नेहरुको कमी छैन।

तर, अमेरिका इरानसँगको द्वन्द्वमा अल्झिए इन्डो प्यासिफिक क्षेत्रबाट ध्यान हटाउन ऊ बाध्य हुने र नीति असफल हुने विश्लेषण पनि गर्न थालिएको छ।

सुलेमानीको ह ‘त्यापछि इन्डो प्यासिफिक नीति साँच्चै जोखिममा परेको भारतीय भूरणनीतिका विज्ञ ब्रम्हा चेलेनीको भनाइ छ।

‘ट्रम्पको फ्री एण्ड ओपन इण्डो पेशिफिक रणनीति ओबामाको पिभोट टु एसिया नीतिजस्तै असफल बन्ने जोखिम बढेको छ,’ चेलेनी हिन्दुस्तान टाइम्समा लेख्छन्, ‘इरानसँगको तनावले अमेरिकी नीति निर्माताहरुको ध्यान आफूतिर मोड्न सक्छ। जसको नतिजा ट्रम्पको यो नीति वास्तविकतामा भन्दा बढी भाषणबाजीमा मात्र सीमित रहने खतरा छ।’

‘ट्रम्पभन्दा अघिका दुई राष्ट्रपतिले मुस्लिम विश्वमा हस्तक्षेप गर्दा चीनको उदय सुनिश्चित भयो,’ चेलेनी लेख्छन्, ‘अहिले इरानसँग झगडामा अलमलिए बेइजिङमाथि दबाब कम हुनेछ।’ अमेरिका–इरान तनाव चीनका लागि रणनीतिक वरदान र भारतका लागि प्रत्युत्पादक साबित हुने उनको भनाइ छ।

चीनको विस्तारलाई रोक्न अमेरिकाबाहेक अन्य मुलुकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने उनको भनाइ छ। हालै नागरिकता संशोधन कानुनको विरोधमा असममा भएको हिंसापछि जापानी प्रधानमन्त्री सिन्जो आबेले भारत भ्रमण रद्ध गरेका थिए। यसले जापानी कम्पनीहरुले भारतको उत्तरपूर्वी राज्यमा लगानी नगर्ने र त्यसले चीनलाई फाइदा पुग्ने पनि चेलेनीको भनाइ छ।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…