हो म मुर्ख हुँ !

आजकाल
खै किन ? निरस लाग्छ यो धर्ती
उराठ लाग्छ यो समय
पराइ लाग्छन यी आफन्तजन ।

थाहा छैन मलाई
खै हावा चल्छ वा चल्दैन ?
पात हल्लिन्छ वा हल्लिदैन कुनै पत्तो छैन ।

खै कुन्नी ?
कुन याम चल्दैछ ?
चिसो छ या गर्मी !
शिशिर हो या वसन्त
किन किन ठ्याक्कै ठम्याउन सक्दिन ।

हेर्छु बगैंचा
फूलै फूलले सजिएको छ कि
घोच्ने तिखा काँडा ?
चिन्नै सक्दिन
माटो उर्वर छ कि जब्बर !

जब तिमी
चम्कियौ नि
आकाशमा बिजुली झैं !
मध्यरातमा सुर्य उदाएकोअनुभुत गर्ने
हो म मूर्ख हुँ !

जब तिमी
देखियौ नि पानीको फोका जस्तै ।
घण्टौ टोलाएर हेर्न रहर गर्ने
हो म मुर्ख हुँ।

जब तिमी
आयौ नि वायु संगै अति बेग संग !
तिमिलाइ हात्केलामै रोक्न खोज्ने
हो म मुर्ख हुँ !

समुन्द्रको जस्तो तुफानी बेगमा
आएकी तिमिलाई
कुलेसो सम्झेर रोक्न खोज्ने
हो म मुर्ख हुँ !

© केएम निष्ठुरी

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…