हृदयविदारक तस्बिर : आमा भनेको अखिर आमै हो

सिड्नी — अस्ट्रेलियामा गत वर्षको सेप्टेम्बरदेखि फैलिएको डढेलोमा झण्डै ५० करोड पशुपन्छी मा रिएको समाचार सार्वजनिक भइरहेका छन् । यसैबीच जंगलको भीषण डढेलोमा फसेका हजारौँ जनावरको उद्धार पनि भइरहेको छ । घाइते जनावरहरुको उपचार पनि भइरहेको छ ।

डढेलोले डढेका जनावरको हृदयविदारक तस्बिरहरु सार्वजनिक भइरहेकामा छन् जसमध्ये एउटा फोटोले समाजिक सञ्जलामा ध्यान तानिरहेको छ।

अस्ट्रेलियाको जू वाइल्डलाइफ अस्पतालमा उपचारमा रहेको पोथी कोआला र उनको सानो बच्चाको तस्बिरले सबैको मन छोएको छ।

डढेलो लाग्दा आगोबाट बच्न बाटो काट्दै गर्दा कारको ठक्करबाट घा इते भएकी थिइन् आमा कोआला। उनलाई आगोले पनि पाेलेको थियो तर आफ्नो बच्चालाई उनी केही पनि हुन दिइनन्।त्यसपछि उनीहरुलाई तत्काल अस्पताल लगिएको थियो।

भनिन्छ सबैभन्दा निश्चल हुन्छ आमाको प्रेम। हर जीवित प्राणीलाई आफ्नो बच्चा प्यारो हुन्छ। अस्पतालमा आमा कोआलाको शल्यक्रिया गर्ने क्रममा बच्चा कोआलाले आफ्नो आमाको साथ नै छोडिनन्। अंगालो हालिरहिन्।

चिकित्सकले छुटाउन धेरै प्रयास गरे पनि प्रयास सफल हुन सकेन। त्यसपछि चिकित्सकले शल्यक्रिया अवधिभर सँगै रहन दिए। बच्चा कोआला पुरै शल्यक्रियाको अवधिभरि आफ्नी आमालाई अंगालो हालिरह्यो।

चिकित्सकहरुले बताएअनुसार आमा कोआलाको फोक्सोमा संक्रमण भएको थियो भने अनुहारमा पनि चोट थियो। जसको लागि शल्यक्रिया गर्नुपर्ने थियो। आफूले चोट पाउँदाको बाबजुद पनि उनले बच्चालाई केही पनि हुन दिइनन्।

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…