इराकमा खतराको संकेत : नेपाली सहित धमाधम फिर्ता पठाइए विदेशी कामदार

काठमाडौँ — इराकको राजधानी बग्दादस्थित अमेरिकी बेस क्याम्पमा रहेका नेपालीसहित विदेशी कामदारलाई आ–आफ्नो देश फर्काउन थालिएको छ । उक्त क्याम्प सुरक्षाका हिसाबले उच्च जोखिममा पर्छ । क्याम्पभित्र करिब दुई सय नेपाली कार्यरत छन् ।

इरान र अमेरिकाबीच तनाव चुलिएपछि बग्दादस्थित अमेरिकी सेनाका लागि सहयोगीको काम गरिरहेका कम्पनीले आवश्यक कामदार राखेर बाँकीलाई आइतबारदेखि पठाउन थालेका हुन् । आइतबार र सोमबार फर्काइएको टोलीमा नेपाली सात जना छन् ।

‘कम्पनीले हामीलाई जतिखेर पनि फर्काउने अवस्थामा तैनाथ गरेर राखेको छ,’ अमेरिकी बेस क्याम्पभित्र स्टोर म्यानेजरका रूपमा कार्यरत सुरज तामाङले कान्तिपुरसँग फोनमा भने, ‘आ–आफ्नो लगेज प्याक गरेर राखिसकेका छौं ।’

१२ वर्षदेखि क्याम्पमा कार्यरत तामाङले कम्पनीबाट खबर आउनेबित्तिकै इराक छोड्ने तयारीमा आफूहरू रहेको बताए । ‘जतिखेर जे पनि हुन सक्छ भनेर हामीलाई सूचना दिइएको छ,’ उनले भने, ‘अमेरिकी सेना र हाम्रा लागि अपनाइएको सुरक्षा रणनीति एउटै हो ।’

उनका अनुसार अमेरिकी बेस क्याम्पभित्र धेरै कम्पनी काम गर्छन् । ती कम्पनीले अत्यावश्यक संख्याका कामदारमात्र राखेर बाँकीलाई सामान्य अवस्था बनेपछि बोलाउने सर्तमा फर्काइरहेका छन् ।

‘स्थिति यसरी प्रतिकूल भइदिन्छ जस्तो लागेको थिएन,’ अमेरिकी सेनाको कफी सपमा कार्यरत दोलखाका बद्री खत्रीले भने, ‘अहिलेसम्म सुरक्षित छौं, यहाँबाट छिटो निस्कन पाए हुन्थ्यो ।’

उनी काम गर्ने कफी सप तीन दिनदेखि बन्द छ । ‘सेनाकै अन्डरमा काम गर्ने भए पनि डर लाग्दो रहेछ,’ उनले भने ।

क्याम्पभित्र नेपालीहरू खाना बनाउने, सरसफाइ गर्ने र निर्माण कार्यमा संलग्न छन् । ‘यहाँ मासिक ८ सय डलर पाइन्छ । पहिला त ठीकै थियो, एक्कासि अवस्था बिग्रियो,’ खत्रीले भने ।

उनका अनुसार क्याम्पबाट बाहिर निस्कने अनुमति छैन । भित्र पनि सबै ठाउँमा जाने पहुँच हुँदैन । त्यसकारण क्याम्पभित्रकै सबै नेपालीसँग भेटघाट हुन पाउँदैन ।

अमेरिकी बेस क्याम्पबाहिर कार्यरत नेपालीलाई भने रोजगारदाता कम्पनीले नआत्तिन भनेको छ । ‘कम्पनीले सुरक्षाको जिम्मेवारी लिएको छ ।

तलमाथि केही परे तुरुन्तै पठाइदिने वचन दिएका छन्,’ बग्दादस्थित गोरल होटलमा ९ वर्षदेखि कार्यरत गोरखाका जितमान गुरुङले फोनमा भने, ‘ढुक्कसँग काम गरिरहेका छौं ।’ उक्त होटलमा १६ जना नेपाली कार्यरत छन् ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…