मङ्गलबारबाट पश्चिमी क्षेत्रमा पानी पर्ने, हिमाली भेगमा हिमपात हुने

काठमाण्डाै – मङ्गलबार पश्चिमी क्षेत्रमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावले मङ्गलबार पश्चिममा पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

यस्तै आज यही प्रणालीको असरले पश्चिमको मौसम पूर्णरुपमा नखुल्ने तर मध्य र पूर्वको मौसम भने एकैछिन खुल्ने र बादल लाग्ने उहाँले बताउनु भयो । उहाँका अनुसार आज मध्य र पूर्वको एक दुई ठाउँमा पानी पर्ने सम्भावना छ ।

तर अहिले पश्चिममा वर्षासहित बदली गराएको पश्चिमी वायु पूर्वतिर सर्ने क्रममा रहेकाले बुधबार काठमाण्डाैसहित मध्य र पूर्वमा पनि पानी पर्ने मौसमविद् कँडेलको भनाइ छ ।

यो प्रणाली आउँदो शुक्रबारसम्मै रहने भएकाले चिसो अझै बढ्ने उहाँले बताउनु भयो । चिसाेबाट बच्न न्यानाे कपडा लगाउन, ताताे र झाेलिलाे पदार्थ खान डाक्टरहरुले सुझाव दिएका छन् ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…