भारतीय मिडियाको दाबी- आइएस लडाकु नेपाल हुँदै भारत छिरे

आतंकवादी समूह इस्लामिक स्टेट (आइएस) का लडाकु नेपाल हुँदै भारत छिरेको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन्।

भारतीय गुप्तचर संस्थाले कम्तिमा पाँच आइसिस लडाकु नेपाल हुँदै भारत छिरेको जानकारी दिएको भन्दै भारतीय सञ्चारमाध्यमहरूले समाचार लेखेका छन्। सरकारी समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया, जी न्युज, एनडिटिभी, समाचार पत्रहरू द हिन्दु, टाइम्स अफ इन्डिया, इकोनोमिक्स टाइम्सलगायत आइएस लडाकु नेपाल हुँदै भारत पसेको समाचार छापेका छन्।

समाचारमा उत्तर प्रदेशको बस्ती जिल्लाका आइजी आसुतोस कुमारले आइएस लडाकु उत्तर प्रदेशमा छिरेको दाबी गरेको उल्लेख छ।

आइएस लडाकु भारत छिरेको देखिएसँगै उत्तर प्रदेशको नेपाल बोर्डर नजिकका गोरखपुर, सिद्धार्थनगर, खुसीनगर, महाराजगन्जलगायतमा सतर्कता अपनाउन भनिएको छ।

भारतीय गुप्तचर संस्थाले दुई जनाको पहिचानसमेत गरिसकेको र उनीहरू ख्वाजा मोनुद्दिन र अब्दुर सामद रहेको जी न्युजले उल्लेख गरेको छ।

पछिल्लोपटक उनीहरू पश्चिम बंगालको सिलगुढीमा देखिएका थिए।

सन् २०१७ मा ख्वाजालाई भारतको राष्ट्रिय अनुसन्धान एजेन्सीले चेन्नईबाट पक्राउ गरेको थियो।ओ

ख्वाजा सिरियाबाट फर्किएसँगै त्यहाँका युवालाई आइएसमा भर्ना गरिरहेको आरोप लागाइएको छ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…