सात लाख गरिब नागरिकलाई निःशुल्क विजुली दिने सरकारको तयारी

काठमाडौं । सरकारले विद्युत खपत बढाउने आकर्षक योजना अघि सारेको छ । शहरी उपभोक्तालाई लक्षित गरेर ग्यासमा दिदै आएको अनुदान विद्युतीय चुलोमा दिने तथा ग्रामिण गरिव नागरिकका लागि १० युनिट सम्म विजुली सित्तैमा बाल्न दिने योजना ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सुनाए ।

विद्युत उत्पादन दिनप्रतिदिन बढिरहेको तर खपद तुलनात्मक रुपमा नबढेको सन्दर्भमा बिजुलीको आन्तरिक खपत बढाउन पनि सरकारले विद्युतीय चुलो प्रवद्र्धन गर्ने नीति लिएको हो ।

सुरुवातमा १० हजार चुलो अनुदानमा दिने र बिस्तारै बढाउँदै जाने मन्त्री पुनले पत्रकारहरुलाई बताए।

‘आगामी बजेटबाट अनुदान दिने तयारी छ। यस्तो चुलोमा ३ हजारदेखि ३५ सय रुपैयाँसम्म छुट दिने गरी तयारी भएको छ। विद्युतीय चुलो बनाउने कम्पनी खोल्न विद्युत् प्राधिकरणका कर्मचारीले रुची देखाएका छन्। कर्मचारीले प्राधिकरणको बोर्ड बैंठकमा यसको प्रस्ताव गएको बताए। अब यो कम्पनीको निर्णय प्राधिकरणले गर्नेछ’ उनले भने।

मन्त्री पुनका अनुसार अहिले मासिक २० युनिटसम्मका ग्राहक २० लाख घर धुरी छन्। यसलाई अब १० युनिटसम्म खपत गर्नेलाई निःशुल्क गर्ने र सो भन्दा बढीकालाई मात्रै शुल्क लिने विषयमा पनि गृहकार्य भइरहेको मन्त्री पुनको भनाइ छ। १० युनिटसम्मका ग्राहक करिब ७ लाख छन्।

‘हामीले एउटा परिवारले इन्डक्सन चुल्हो, रेफ्रिजरेटर लगायतका घरेलु सामान चलाउँदा खपत हुने १ सय देखि १सय १५ युनिटसम्मको विद्युतको महसुल घटाउने तयारी गरेका छौँ’, उनले भने, ‘मुल्य घटेपटि विद्युतको बजार बढ्ने छ।‘

उनले नयाँ योजना आगामी बजेटबाट लागू गर्ने तयारी भैरहेको उल्लेख गरे। १० युनिट भन्दा कम विद्युत खपत गर्ने परिवारहरु गरिबिको रेखामुनी भएकाले उनीहरुले मासिक न्यूनतम ३० रुपैँया तिरे पुग्ने व्यवस्था गर्न लागिएको उनले उल्लेख गरे।

‘विद्युत्को डेडिकेटेड शुल्क पनि हटाउने तयारी भएको छ। यसका लागि आवश्यक अध्ययन समिति बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव पेस भएको छ’, पुनले भने।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…