बीग बासमा सन्दीपको कमाल : लिए तीन विकेट

मेल्बर्न : जारी अस्टेलियन टी–२० क्रिकेट बीग बास लिग (बीबीएल) मा नेपाली लेग स्पीनर सन्दीप लामिछानेले आफ्नो पाँचौँ खेलमा तीन विकेट लिएका छन् ।

मेल्बर्न स्टार्समा आवद्ध सन्दीपले शनिबार जारी मेल्बर्न रेनेगर्डसँगको खेलमा चार ओभर बलिङ गर्दै तीन विकेट लिएका हुन् । उनले ४३ रन बनाएर खेलिरहेका सहुन मार्सलाई क्याच आउट गराए भने ड्यानिएल क्रिस्टियनलाई शून्य रनमै पेभिलियन फर्काए । १५औँ आभेरमा तेस्रो ओभर बलिङ गर्न आएका उनले मार्सलाई ओभरको तेस्रो बलमा बाउन्ड्री लाइनमा क्याच आउट गराएका हुन्।

त्यस्तै चौँथो बलमा १ रन मात्र खर्चिएका उने पाँचौँ बलमा क्रिस्टियनलाई एलबीडब्लू धरापमा पारे। उनले अन्तिम विकट भने उनको व्यक्तिगत अन्तिम ओभरको अन्तिम बलमा टीम कुपरलाई आउट गरेका हुन् । उनले अन्तिम ओभरमा तीन रनमात्र खर्चिएर एक विकेट लिएका हुन् ।

सन्दीपले चार ओभर बलिङ गर्दा २६ रन खर्चिएर तीन विकेट लिएका हुन् । टस हारेर पहिलो ब्याटिङ गरिरहेको रेनेगगर्डसले अहिले १८ ओभरमा सात विकेट गुमाउँदै १२९ रन जोडेको छ।

भर्खरै प्रकाशित

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…

अमेरिकाले देशनिकाला गरेका वैज्ञानिक जसले चीनलाई चन्द्रमामा पुर्‍याए

बीबीसी । एकजना चिनियाँ वैज्ञानिकले एउटा होइन, दुई महाशक्ति राष्ट्रलाई चन्द्रमामा पुर्‍याउन सहयोग गरे। तर उनको कथा एउटा देशले मात्र सम्झिन्छ। साङ्घाईमा ७० हजार कलाकृति…