आज पनि देशका विभिन्न स्थानमा हिउँ पानी पर्ने

काठमाण्डाै – शनिबार पनि देशका धेरै ठाउँमा पानी र हिउँ पर्ने मौसमविद्ले बताएका छन् । तर शुक्रबार हिउँ र पानी पारेको पश्चिमी वायु कमजोर हुँदै गएकाले शनिबार शुक्रबारको तुलनामा कम हिउँ र पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार शनिबार देशभर कै मौसम एकैछिन उघ्रिए पनि फेरि बादल लागिहाल्नेछ । काठमाण्डाैसहित देशका विभिन्न ठाउँमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पनि हुने उहाँले बताउनुभयो ।

यो प्रणाली कमजोर हुँदै गएर बेलुकीदेखि भने पानी पर्न रोकिनेछ । तर फेरि अर्को पश्चिमी वायु नेपाल आउने देखिएकाले अझै केही दिन देशभरीको मौसम पूर्ण रुपमा खुल्ने संभावना भने नदेखिएको मौसमविद् मानन्धरले बताउनुभयाे ।

गएको २४ घण्टामा सबैभन्दा धेरै दिपायलमा ६२ दशमलव ३ मिलिमिटर पानी परेको छ । पानी र हिउँ परेपछि देशभरकै जनजीवन प्रभावित भएको छ ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…