अन्तत अन्नपूर्ण सुगर मिलले पठायो किसानको खातामा पैसा

१८ पुस, काठमाडौं । उखु किसानको सबै वक्यौता रकम एक महिनाभित्र तिर्न सर्लाहीको अन्नपूर्ण सुगर मिल राजी भएको छ । शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मिल सञ्चालक राकेश कुमार अग्रवालले यसका लागि लिखित प्रतिबद्धता जनाएका हुन् ।

अग्रवालले माइतीघरमा आन्दोलनरत किसानलाई बुधबार र बिहीबार गरेर ५० लाख रुपैयाँ उनीहरुको खातामा पठाइएको जानकारी दिए । उनले गरेको लिखित प्रतिबद्धता अनुसार पुस २५ गतेभित्र मिलले ५ करोड रुपैयाँ किसानको खातामा पठाउने छ ।

यस्तै माघको पहिलो साताभित्र थप ७ करोड रुपैयाँ किसानलाई भुक्तानी गर्ने र १८ गतेसम्म सबै रकम चुक्ता गर्ने प्रतिवद्धा अग्रवालले जनाएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव दिनेश भट्टराईले जानकारी दिए ।

उनले उद्योगमा स्टक रहेको चिनी बिक्रीका लागि सहयोग गरिदिन मन्त्रालयलाई आग्रहसमेत गरेका छन् ।

किसान प्रतिनिधिले अन्नपूर्ण सुगर मिलको वक्यौता ४० करोड रहेको दावी गरे पनि उद्योगीले भने २५/२६ करोड रुपैयाँ मात्रै रहेको बताएका थिए ।

उद्योग मन्त्रालयले पुस १३ गते गृह मन्त्रालयलाई उद्योगी सम्पर्कमा ल्याईदिन गरेको पत्राचारपछि शुक्रबार अग्रवाल मन्त्रालय आएर लिखित प्रतिबद्धता जनाएका हुन् ।

भर्खरै प्रकाशित

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…

अमेरिकाले देशनिकाला गरेका वैज्ञानिक जसले चीनलाई चन्द्रमामा पुर्‍याए

बीबीसी । एकजना चिनियाँ वैज्ञानिकले एउटा होइन, दुई महाशक्ति राष्ट्रलाई चन्द्रमामा पुर्‍याउन सहयोग गरे। तर उनको कथा एउटा देशले मात्र सम्झिन्छ। साङ्घाईमा ७० हजार कलाकृति…