उखु किसानलाई राहत नदिएसम्म चिया नपिउने दिल निशानी मगरकाे घाेषणा

काठमाडाैं । लेखक तथा राजनीतिक विश्लेषक दिल निशानी मगरले उखु किसानलाई राहत नदिएसम्म चिया नपिउने घाेषणा गरेका छन् ।

बिहीबार साँझ सामाजिक सञ्जालमा ट्विट गर्दै मगरले यस्तो घोषणा गरेका हुन्। एक प्रश्नको जवाफमा मगर भन्छन्- “चिनी बनाउने किसानहरु पसिनाको मूल्य नपाएर रोईरहेका छन्। यस्तो अवस्थामा पनि चिया पिउनु भनेको उनीहरुको आँशु पिउनु नै हो।”

कृषिमन्त्री घनश्याम भुसालकाे भुमिका प्रभावकारी नभएको भन्दै उखु माफियाहरुको सम्पत्ती लिलामी गरेर किसानलाई बाँड्नुपर्ने मगरको तर्क छ ।

विगत २ हप्तादेखि उखुको भुक्तानी माग गर्दै काठमाडौंमा आन्दोलन गरिरहेका किसानले कृषिमन्त्री भुसालको राजीनामा माग गर्दै चिनी मिलहरूले दिनुपर्ने भुक्तानी तोकिएको मितिमा उपलब्ध गराउने सरकारी प्रतिबद्धता लिखितरूपमा नआएसम्म आन्दोलन जारी राख्ने अडान राख्दै आएका छन् ।

आन्दोलनकालागि काठमाडौं आइपुगेका सर्लाहीका किसानहरुले सरकारसँग ११ बुँदे माग अघि सारेका छन् ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…