१२ घण्टाभित्र चितवन छोड्न एसपी दानबहादुर मल्ललाई आदेश

काठमाडौँ — ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले जिल्ला प्रहरी कार्यालय चितवनका तत्कालिन प्रमुख एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र सबै चार्ज बुझाएर सरुवा भएको स्थानमा रवाना लिएर जान पत्र काटेको छ ।

३ नम्बर प्रदेश प्रहरी प्रमुख शेरबहादुर बस्नेतका अनुसार ४ गते नै सरुवा भएपनि हालसम्म रवाना लिएर नगएकोले तुरुन्त सरुवा गरिएको स्थानमा जान पत्र पठाइएको हो। ‘सरुवा भएपछि भनेको स्थानमा जानलाई केही दिन लाग्छ। तर उहाँले किन बढी समय लिनुभयो त्यो थाह भएन। तर हामीले उहाँलाई रवाना लिन भने पत्र पठाएका छौं,’ उनले भने।

प्रहरी प्रधान कार्यालयले यूएन जगेडा, नक्सालमा कार्यरत गंगा पन्तलाई चितवन पठाउँदै त्यहाँ कार्यरत दानबहादुर मल्ललाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय, गौचरमा सरुवा गरेको थियो। सरुवामा असन्तुष्टि जनाउँदै मल्लले सरुवा गरिएको स्थानमा जान मानेका छैनन्।

भर्खरै प्रकाशित

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…

अमेरिकाले देशनिकाला गरेका वैज्ञानिक जसले चीनलाई चन्द्रमामा पुर्‍याए

बीबीसी । एकजना चिनियाँ वैज्ञानिकले एउटा होइन, दुई महाशक्ति राष्ट्रलाई चन्द्रमामा पुर्‍याउन सहयोग गरे। तर उनको कथा एउटा देशले मात्र सम्झिन्छ। साङ्घाईमा ७० हजार कलाकृति…