देशमा समृद्धि ल्याउन नेपालमा पनि इस्वी संवत लागू गर्नुपर्छ

१६ पुस, काठमाडाैं । इस्वी संवत २०१९ बिदा भएर आजबाट २०२० सुरु भएको छ । यस अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना आदानप्रदान चलिरहेको छ ।

समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भने नयाँ वर्षको शुभकामनासँगै एउटा रोचक प्रस्ताव पनि गरेका छन् । नेपालमा अब इस्वी संवतलाई आधार मानेर प्रशासनिक आर्थिक क्यालेन्डर बनाउनुपर्ने उनको मत छ ।

टि्वटरमा डा. भट्टराईले लेखेका छन्, ‘पश्चिममा जन्मेर अहिले विश्वभर छाएको इस्वी संवतलाई प्रशासनिक/आर्थिक क्यालेन्डर बनाउँ । नत्र समृद्धि, विदेशी लगानी, पर्यटन वर्ष, इत्यादी सम्धीका गफ मात्रै होलान् है ।’

साथै उनले नेपाल सम्वत र विक्रम संवतलाई मर्ज गरेर सांस्कृतिक क्यालेन्डर बनाउनुपर्ने प्रस्ताव समेत गरेका छन् ।

यसो गरे कसो होला ? भन्दै उनले ‘नेपालमै जन्मेको नेपाल सम्वत तथा भारतीय उपमहाद्वीपमा प्रचलित विक्रम सम्वतई सांस्कृतिक क्यालेन्डर बनाउन’ प्रस्ताव गरेका छन् ।

अर्को एक टि्वटमा डा. भट्टराईले एक्काइसौं शताब्दीको तेस्रो दशकले पूँजीवाद र साम्यवादको उन्नत प्रणालीगत विकल्प दिने तथा ट्रम्प र ओलीहरुको श्रेष्ठतर नेतृत्वको विकल्प देओस’ भन्ने कामनासमेत गरेका छन् ।

भर्खरै प्रकाशित

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…