नेतृत्वको इच्छाशक्ति : तीन वर्षमै यसरी उदाहरणीय बन्यो दाङको मावि रझेना

  • पाण्डव शर्मा

घोराही । श्री माध्यामिक विद्यालय रझेना घोराहीमा पछिल्लो तीन वर्षको बीचमा निजी विद्यालय छाडेर दुई सय ५० जना विद्यार्थी भर्ना हुन गएका छन् । अन्य कैयौं सरकारी विद्यालयबाट समेत अध्ययनका लागि रझेनामा भर्ना हुनेहरुको संख्या उत्तिकै छ । तीन वर्ष पहिलेसम्म विद्यालयमा ७ सय ५० जना विद्यार्थीहरुले अध्ययन गरिरहेका थिए । तर, अहिले विद्यालयमा एक हजार सात सय विद्यार्थी पुगिसकेका छन् ।

विद्यालयमा चालु शैक्षिकसत्र देखि यस क्षेत्रमै पहिलो पटक कक्षा ११ मा कानून विषय पढाई शुरु भएको छ । प्राविधिकतर्फ डिप्लोमा सिभिल र जियो म्याट्रिकको पढाई शुरु भएको विद्यालयका प्रधानाध्यापक उद्धब न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार टिएसएलसीतर्फ सेनेटरी इञ्जिनियरिङ (पलम्बिङ) को पढाई शुरु भएको छ ।

अघिल्लोवर्ष देखि मण्टेश्वरी विधिबाट कक्षा समेत सञ्चालन गरिएको छ । विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा एक देखि ९ सम्म को पढाई शुरु भएको छ । सबै कक्षामा अंग्रेजी माध्यमबाट ३६ जनाका दरले कुल तीन सय २४ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

विद्यालयमा यी सबै परिवर्तन ल्याउन सबैको आ–आफ्नो ठाउँमा भूमिका रहेको छ । तर, मुख्य अथवा सबैभन्दा महत्वपूर्ण भूमिका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन गौतमको रहेको छ । गौतम विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएको ठिक तीन वर्ष भएको छ ।

तीन वर्षे अनुभव सुनाउँदै अध्यक्ष गौतम भन्नुहुन्छ, ‘म राजनीतिक व्यक्ति भए पनि विद्यालयमा राजनीति गर्न आएको थिएन, मेरो उद्देश्य विद्यालयको शैक्षिक गुणस्तरमा आमुल परिवर्तन ल्याउनु थियो, म धेरै हदसम्म सफल भए, यो परिणामले पनि देखाएको छ ।’ शुरुमा काम गर्न केही चुनौतीपूर्ण भए पनि विस्तारै व्यवस्थापन समितिका सदस्य, सल्लाहकार, प्रधानाध्यापक, शिक्षक, कर्मचारी तथा सम्पूर्ण अभिभावकको साथले आँफू विद्यालय सुधार गर्ने मिसनमा सफल भएको उहाँले बताउनुभयो ।

विज्ञान, प्रविधि तथा शिक्षा मन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार र नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज समेत रहनुभएको गौतम व्यवस्थापन समितिको अध्यक्ष भइसकेपछि विद्यालयमा विभिन्न क्षेत्रबाट कुल एक करोड ८६ लाख रुपैयाँ अनुदान आएको छ ।

‘मावि रझेनाको स्थापनाका लागि हाम्रो पुर्खाले नै योगदान गरेको छ, उहाँहरु तथा सम्पूर्ण अग्रजहरुको सपना पूरा गर्ने उद्देश्यका साथ म अध्यक्ष भएको थिए,’ गौतमले भन्नुभयो, ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउनका लागि हामी सबै एकभएर अगाडी बढ्नुको बिकल्प छैन ।’
तीन वर्षको बीचमा विद्यालयमा १४ कोठा थपिएको छ ।

१० कोठे शौचालय निर्माण भएको छ । एउटा सभाल तथा एउटा इण्डोर खेल मैदानको व्यवस्था गरिएको छ । दुई ओटा कम्प्यूटर ल्वाय स्थापना गरिएको छ । प्राविधिक विषय अध्यापनका लागि आवश्यक पर्ने ६ कोठे भवन निर्माणका लागि भर्खरै जग खन्ने काम भएको छ ।

विद्यालयमा यस अघि देखि नै विज्ञान, व्यवस्थापन र शिक्षा संकायमा कक्षा ११ र १२ मा अध्यापन भइरहेको थियो । विद्यालयमा हाल सरकारी दरबन्दि बाँहेक निजी स्रोतबाट ३५ जना शिक्षक र १३ जना कर्मचारी भर्ना गरिएको छ ।

‘शिक्षक तथा कर्मचारी नियुक्तीमा हामीले खुला प्रतिस्प्रधाको आधारमा योग्यलाई नियुक्त गरेका छौैं,’ गौतमले भन्नुभयो, ‘आफन्त तथा राजनीतिक आस्थाको आधारमा आफ्नालाई नियुक्त गर्न दबाब आए पनि म एक इञ्च पछि हटिन, योग्य शिक्षक तथा कर्मचारी विना विद्यालयको गुणस्तर कायम हुन सक्दैन भन्ने मेरो मान्यता हो ।’

गौतमले आफ्ना सन्तानलाई समेत निजी विद्यालयबाट झिकेर आँफै अध्यक्ष भएको मावि रझेनामा भर्ना गर्नुभएको छ । ‘निजी विद्यालयमा अध्ययन गरिरहेका छोरीहरुलाई झिकेर सरकारी विद्यालयमा भर्ना गर्नु मेरा लागि कम चुनौतीपूर्ण थिएन,’ उहाँले भन्नुभयो, ‘व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरु र शिक्षकहरुले आफ्ना विद्यार्थीलाई सामुदायिक विद्यालयमा भर्ना नगर्दासम्म सामुदायिक विद्यालयको गुणस्तर कायम हुन सक्दैन भन्ने मेरो मान्यता हो ।’

गत वर्षको एसईई परिक्षामा पहिलो पटक विद्यालयका विद्यार्थीले ए प्लस ग्रेड ल्याउन समेत सफल भएका छन् ।

नेपाल शिक्षक महासंघ दाङका अध्यक्ष अमरबहादुर खड्काले छोटो समयमै मावि रझेनाले विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार गरेको बताउनुभयो । उहाँले विद्यालयको नेतृत्व र उपलब्धिबाट अन्य सामुदायिक विद्यालयहरुले पनि अनुशरन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

‘विद्यालयमा राजनीति गर्ने उद्देश्यका साथ राजनीतिक नेतृत्व व्यवस्थापन समितिका जानु राम्रो होइन,’ उहाँले भन्नुभयो, ‘तर, मावि रझेनाका व्यवस्थापन समितिका अध्यक्ष राजनीतिक नेतृत्व भएर पनि विद्यालयको शैक्षिक सुधारका लागि राजनीति घुसाउनु भएन्, यो निकै सराहनिय कुरा हो । ’

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले विद्यालयको शैक्षिक सुधारमा आमुल परिवर्तनका लागि अध्यक्ष गौतमले खेल्नुभएको भूमिका निकै सराहनिय भएको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि सबै राजनीतिक अभियन्ताहरु यसैगरी लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

भर्खरै प्रकाशित

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…