कालापानी हाम्रो हो, नेपाली भूमिबाट भारतीय सेना हट्नुपर्छ : माधव नेपाल

मकवानपुर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेपाली भूमिबाट भारतीय सेना हटाउन आग्रह गर्नुभएको छ ।

नेकपा हेटौँडा उपमहानगरपालिका भित्रका वडा कमिटीहरुको संयुक्त सपथ ग्रहण कार्यक्रममा बोल्दै उहाँले कालापानी नेपालको रहेको भन्दै नेपाली भूमिमा रहेका भारतीय सेना हटाउनका लागि आग्रह गर्नुभयो ।

नेपाल भारत सीमाका ७० प्रतिशत पिल्लर मात्र बाँकी रहेको बताउँदै उहाँले भन्नुभयो, ‘नाकाका अरु सबै पिल्लरहरु हटाइसकिएको छ । सीमा समस्या छ । तर, वार्ताबाटनै यसको निकास खोज्नुपर्छ ।’

राष्ट्रियताको पक्षमा प्रतिपक्षसँग मिलेर जान सकिने उहाँले बताउनुभयाे। पहिले देखिनै नेकपाको वर्चस्व रहेको स्थानमा उपचुनावमा हार बेहोरेकाले अब सच्चिएर अगाडि बढ्नुको विकल्प नभएको नेता नेपालले प्रस्ट पार्नुभयाे। आफूहरु कसैको विरुद्धमा पनि गठबन्धन बनाएर नजाने बताउँदै उहाँले भन्नुभयो,‘हामी कसैका विरुद्धमा पनि गठबन्धनमा लाग्दैनौँ । राष्ट्रियताको पक्षमा सबैसँग मिलेर जान्छौ ।’

नेता नेपालले पार्टी विधिमा नचलेको आरोप लगाउँदै भन्नुभयो, ‘पार्टीलाई कसरी विधिमा राख्ने मेरो दिमागमा घुमिरहेको छ । पार्टीलाई देशकै ठूलो बनाउन विधिमा ल्याउन जरुरी छ ।’

पूर्व एमाले र माओवादी एकतालाई मिलाउन केन्द्र र जिल्ला कमिटीको संख्या ठूलो भएको उनले स्पष्ट पार्दै नेता नेपालले अब पार्टीमा प्रतिस्पर्धा गरेर कमिटीमा स्थान बनाउनु पर्ने बताउनुभयो ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…