जम्मु-कश्मिरको वायु नेपालतिर : वर्षा र हिमपात हुने

काठमाडौं : भारतको जम्मु-कश्मिरमा विकसित पश्चिम न्यूनचापीय प्रणाली नेपालतिर प्रवेश गर्दैछ। यो प्रणाली मंगलबार रातिदेखि नेपालमा सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार मौसम सामान्य रहेपनि बुधबारदेखि सामान्य बदली भइ पश्चिमी र पूर्वी पहाडि भू-भागमा हल्का वर्षाको संभावना रहेको छ। शुक्रबार र शनिबार पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए। उनले भने,’ न्यूनचापीय प्रणाली नेपालको पश्चिम भू-भागबाट प्रवेश गर्दै पूर्वसम्म पुग्नेछ। जसले गर्दा सुदूरपश्चिमको उच्च पहाडि तथा हिमाली क्षेत्र र पूर्वी पहाडि भू-भागमा वर्षा र हिमपातको संभावना छ।’ यो प्रणाली आइतबारसम्म सक्रिय रहने मौसन पूर्वानुमान महाशाखाको अनुमान छ।

हिमपात र वर्षपछि देशका अधिकांश स्थानमा चिसो समेत बढ्नेछ।

तीन दिनमा कहाँ के हुँदैछ ?

पौष १५ गते

देशको पश्चिमी तथा मध्य भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक हल्का हिमपातको सम्भावना रहेको छ ।

पौष १६ गते

देशभर आंशिकदेखि सामान्य बदली रहि पश्चिमी र पूर्वी पहाडी भू-भागमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडि र हिमाली भू-भागमा हल्कादेखि मध्यम खालको हिमपात र पानी हुने संभावना छ। देशभर सामान्य बदली रहि देशका थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडि र हिमालि भू-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

पौष १७ गते देशभर सामान्य बदली रहि देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना छ। उच्च पहाडि र हिमालि भू-भागमा मध्यमदेखि भारी हिमपातको संभावना रहेको छ।उच्च पहाडि र हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपातको संभावना रहेको छ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…