जनयुद्धको उद्गमस्थल रोल्पाको थवाङमा बन्नेभयो नेपालकै ठूलो सौर्य मिनिग्रीड

रोल्पा । जनयुद्धको उद्गम स्थलको रुपमा परिचित  रोल्पाको थबाङमा १५० किलोवाट क्षमताको थबाङ सौर्य मिनिग्रीड आयोजना निर्माण सुरू भएको छ । आयोजनाको सोमबार पूर्वसभामुख ओनसरी घर्तीमगरले शिलन्यास गरिन् ।

थबाङमा गुणस्तरीय विद्युत सेवा पुर्याउन उर्जामन्त्री वर्षमान पुन अनन्तले सो परियोजना सुरु गरेका हुन् । आगामी ६ महिनाभित्र निर्माण सम्पन्न हुने यस परियोजना ९ करोड १४ लाख रूपैयाँको लागतमा निर्माण हुनेछ ।

परियोजनामा उर्जा मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ४० प्रतिशत, एसियाली बिकास बैंकको ५० प्रतिशत र थबाङ गाउँपालिकाको १० प्रतिशत लगानी छ ।

आयोजनाबाट ३५० घरधुरी लाभान्वित हुने उर्जा मन्त्रालयले जनाएको छ । सो आयोजना सूर्योदय उर्जा प्रालिले निर्माण गर्ने जिम्मेवारी पाएको छ। यो नेपालकै सबैभन्दा ठूलो सौर्य मिनिग्रीड हुनेछ ।

शिलान्यासमा पूर्वसभामुख घर्तीमगरले यो आयोजना थबाङको समृद्धिका लागि सहयोगी हुने बताइन् । राजनीतिक आस्थाको केन्द्र थबाङबाटै समृद्धिको आधार तयार हुने भन्दै उनले थबाङलाई बिकास गर्नका लागि प्राथमिकतामा राखिने जानकारी दिइन् ।

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…