दशरथ रंगशालामा साग भन्दा भब्य भ्रमण वर्षको उद्घाटन

१४ पुस, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भको तयारी पुरा भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष सचिवालयले सोमवार मिडिया ब्रिफिङमार्फत भ्रमण वर्षको तयारी पूरा भएको जानकारी दिएका छन् ।

दशरथ रंगशालामा १ जनवरी (बुधबार) हुने उद्घाटन समारोह एक महिना अगाडि दक्षिण एसियाली खेलकुद (साग) भन्दा भब्य बनाउने चूनौती रहेको भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले बताए ।

‘भर्खरै सागको ऐतिहासिक उद्घाटन भएकै भेन्यूमा हामी भ्रमण वर्षको उद्घाटन गर्दैछौं,’ उनले भने, ‘त्यो भन्दा भब्य उद्घाटन गर्नुपर्ने चूनौती छ ।’

उक्त अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भ्रमण वर्ष सफल बनाउने सन्दर्भमा मुलुकभित्र राष्ट्रिय एकता बनेको बताए ।

आफू मन्त्री भएर आएयता करिब एक सय संघसंस्थासँग भ्रमण वर्षको सन्दर्भलाई लिएर छलफल गरिएको बताउँदै उनले अर्थतन्त्रको मुल आधार पर्यटन बनाउने सरकारको लक्ष्यमा यस अभियानले सहयोग गर्ने उल्लेख गरे ।

पर्यटनको ब्राण्डिङमा यस अभियानले सहयोग गर्ने उनले उल्लेख गरे । उनले १ वैशाखका दिन देशभर दीपावली गरेर भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन सबै देशबासीमा आहृवान समेत गरेका छन् ।

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…