सस्तो मूल्यमा प्याज बेच्ने २ जना पक्राउ

काठमाडौं। प्याजको मूल्य आकाशिएको बेला चोरी गरेको प्याज सस्तो मूल्यमा बेच्ने २ जना पक्राउ परेका छन् । भारतको मध्य प्रदेशको ग्वालियरमा दुई युवकले १० रुपैयाँ किलो प्याज बेचिरहेका थिए । उनीहरु अहिले पक्राउ परेको भारतीय दैनिक अमर उजालाले लेखेको छ ।

प्याजको बढिरहेको मूल्यबाट हैरान भएका यी दुई युवकले ६० हजार भारु मूल्य बराबरको प्याज चोरी गरे । त्यसपछि उनीहरुले यो प्याजलाई १० देखि २० रुपैयाँ किलो बेच्न सुरु गरे ।

सस्तो प्याज बेचिरहेको हल्ला चलेपछि सस्तोमा किन्न मानिसहरुको भीड जम्मा भयो । सस्तो पाएपछि मानिसहरुले तत्कालै प्याज किने । दुवैले मिलेर केही घण्टामै पूरै प्याज बेचेर सके ।

पुलिसका अनुसार अजय जाटव र जितु वाल्मिकी नामका २ युवक शहरको एक गोदाममा घुसे । दुवैले ठूलो मात्रामा लसुन र प्याज चोरे । उनीहरुले ५० किलो प्याजका १२ बोरा र लसुनका २ बोरा चोरी गरेका थिए ।

मंगलबार दुवै युवकलाई अदालतमा पेश गरियो जहाँबाट दुवैलाई पुलिस कस्टडीमा पठाइएको छ । पुलिसका अनुसार दुवै युवकलाई खोजेर गिरफ्तार गरिएको हो । दुवैले अपराध पनि स्वीकार गरेका छन् ।। आरोपीहरुले आफूहरु प्याजको बढिरहेको मूल्यबाट हैरान भएपछि चोरी गरेको बताएका छन् ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…