पुर्वमन्त्री सिपी गजुरेल सहित १५ नेकपा क्रान्तिकारी नेता पक्राउ

काठमाडौं : मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका प्रमुख सिपी गजुरेलसहित १५ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्वमन्त्रीसमेत रहेका सिपी गजुरेल, परी थापालगायत उक्ता मोर्चाका १५ जना नेता–कार्यकर्तालाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो । हनुमानथान हुँदै रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन अनुमतिसहित सिंहदरबार जान खोज्दा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सिपी गजुरेल, परी थापा, पवनमान श्रेष्ठ, दीपक शाही, सुरेश श्रेष्ठ, फुर्नाम्गेल मोक्तान, बसन्त बोगटी, हरिकृष्ण गजुरेललगायत छन् । जुलुस सहित सिंहदरबार जान खोजेका उनीहरुलाई प्रहरीले लाठीचार्ज गर्दा तीनजना घाइतेसमेत भएका छन् । घाइते हुनेमध्ये एकजना महिला छन् ।

पक्राउ पर्ने दीपक शाहीले अन्नपूर्ण अनलाइनलाई बताए अनुसार उनीहरुले रक्षामन्त्रालयमा ज्ञापनपत्र बुझाउने समयसमेत तय गरिसकेका थिए । ‘रक्षामन्त्रीसँगकै सल्लाह बमोजिम हामीले ज्ञापनपत्र बुझाउने समय ३ बजेका लागि फिक्स गरिसकेका थियौँ । त्यसकै लागि सिंहदरबार जान खोज्दा प्रहरीले अचानक पक्राउ गरेको हो,’ नेता शाहीले अन्नपूर्णलाई भने ।

उनीहरुको ज्ञापनपत्र एमएमसी, लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत राष्ट्रियता सवालमा केन्द्रित थियो । माइतीघर मण्डलाबाट जुलुस सहित सिंहदरबार जाने क्रममा हनुमानथान नजिक पुगेपछि प्रहरीले उनीहरुलाई लाठीचार्ज गरेको थियो । अहिले तीनजना घाइतेलाई अस्पताल लगिएको छ भने अन्यलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।

भर्खरै प्रकाशित

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…