अब आउने चुनावमा नेकपा एक्लैले दुई तिहाइ ल्याउँछ: प्रचण्ड

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा पार्टीले एक्लै दुई तिहाइ मत ल्याउने बताएका छन्।

चितवनको इच्छाकामना गाउँपालिकामा आइतबार भएको कार्यक्रममा प्रचण्डले अबका तीन वर्ष सरकार र पार्टीले गर्ने कामले आगामी निर्वाचनमा दुई तिहाइ मत ल्याउने दाबी गरे।

‘सरकार र पार्टीको कामबाट हामी एक्लैले दुई तिहाइ मत ल्याउने सुनिश्चितता गरेका छौं,’ उनले भने। केन्द्रीय समिति बैठकपछि देशैभर कार्यक्रम गर्ने बताउँदै उनले त्यसले उत्साह ल्याउने पनि बताए।

पार्टी र जनताबीच जीवन्त सम्बन्ध नहुँदा जित्नुपर्ने कतिपय ठाउँमा उपनिर्वाचनमा पराजित हुनु परेको उनले बताए।

‘केही ठाउँहरू हामीले हार्ने कल्पना पनि नगरेको ठाउँ हारियो,’ उनले भने।

विकास निर्माणका काम जनताले चाहे जस्तो छिटो नभएको उनले बताए।

लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायत भूमि नेपालको भएको भन्दै उनले अतिक्रमित भूमि फिर्ता ल्याउन कुटनीतिक पहल भइराखेको बताए।

‘कालापानी क्षेत्रबाट सेना हटाउने यो अबसर पनि हो,’ उनले भने, ‘कुटनीतिक तवरबाटै सीमा विवाद हल गर्छौं।’

उनले नेपालका भूमि एक इन्च पनि अरूलाई नदिने र अरूको एक इन्च पनि नलिने बताए।

प्रकाशित मिति: आईतबार, पुस १३, २०७६, १४:१९:००

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…