मालाले आँखासम्म छोपेपछि सञ्चार मन्त्रीलाई डोर्‍याउँदै बडीगार्ड

सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको जवाफ दिने शैली चर्चित छ।

हरेक बिहीबार हुने उनको नियमित पत्रकार सम्मेलनमा पत्रकारका प्रश्न र समसामयिक विषयमा उनको बोल्ने शैली पृथक छ। उनको ‘हेप्नी’ थेगो सामाजिक सञ्जालमा चर्चित छ।

शनिबारदेखि सञ्चार मन्त्री बाँस्कोटाको चर्चा सामाजिक सञ्जालमा फेरि चुलिएको छ।

बाँस्कोटाको गृहजिल्ला काभ्रेको रोशी गाउँपालिका-१ मा बनेको विद्यालय भवन उदघाटन गर्न पुगेका उनलाई स्थानीयले भव्य स्वागत गरे।

स्वागतमा बाँस्कोटालाई माला पहिर्याइदिए। माला उनका गलामा मात्रै अटेनन् आँखासम्म छोप्न आए।

मालाले एउटा आँखा नै छोपेपछि मन्त्री बाँस्कोटालाई हिँड्न अप्ठेरो भयो। सुरक्षा गार्डले उनलाई हात समातेर डोर्याए।

सोही कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले १० वर्षपछि नेपालीको प्रतिव्यक्ति वार्षिक आय साढे १२ हजार अमेरिकी डलर पुग्ने दाबी गरे।

उनले भने- सरकारले व्यक्तिको आम्दानी बढाउने योजना ल्याउँदैछ, असल, शिक्षित, देशभक्त नागरिक र उत्पादनका सम्पूर्ण क्षेत्र सबल बनाउँदै लगिनेछ।

त्यसैगरी उनले ‘मागपत्र’ बोकेर विकासे अड्डा धाउने युगको अन्त्य भएको पनि दाबी गरे।

जनताको आवश्यकता र चाहनाअनुसार तीनै तहका सरकार विकासको महाअभियानमा भएकाले ‘मागपत्र युग’को अन्त्य भएको उनको दाबी थियो।

उनले भने, ‘अब स्थानीय नेता र जनता मागपत्र बोकेर विकासे अड्डा धाउनु पर्दैन, गाउँमै सरकार छ, सरकारले स्थानीय आवश्यकताअनुसार काम गर्छ।’

मन्त्री बाँस्कोटाले अस्पताल, सडक, बिजुली, खानेपानी, कुलो, विद्यालय र शिक्षक चाहियो भनेर मागपत्र बोकेर जिल्ला सदरमुकाम धाउने युगको अन्त्य भएको बताए।

उनले वर्तमान सरकारको पहिलो वर्ष योजनाको वर्ष, दास्रो वर्ष शिलान्यासको वर्ष र तेस्रो वर्षदेखि उद्घाटनको वर्ष रहेको धारणा राखे।

‘जनताको मन खुम्चने गरी हामी काम गर्दैनौँ’, उनको जिकिर थियो।

मन्त्री बाँस्कोटाले मागपत्र बुझाउन गणतन्त्र नभएको दोहोर्याए।

‘विकास निर्माण जनताका अधिकार हो, गणतन्त्र त्यसका लागि हो, मागपत्र बुझाउन होइन’, उनले भने।

सरकारको लक्ष्य देश विकास-समृद्धिमार्फत जनतालाई सुखी र खुशी बनाउने रहेको उनको भनाइ थियो।

मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीको ‘समृद्ध नेपाल: सुखी नेपाली’ र स्वाधीन नेपाल निर्माणमा योगदान पुर्याउन सबै क्षेत्रले सहयोग गर्नुपर्ने बताए।

उनले भने, ‘स्वाधीन अर्थतन्त्रबिना खुसी ल्याउन सकिन्न, हरेक विकासलाई उत्पादनसँग जोडेर सरकार अघि बढिरहेको छ।’

सन् २०२२ सम्म प्रत्येकका घरमा आधारभूत खानेपानी, सुरक्षित बस्ती विकास, रोजगारीको सिर्जना गरिने उल्लेख गदै उनले फलामखानी खुल्ने प्रक्रियामा रहेको, फलाममा आत्मनिर्भर मात्र होइन, निर्यातसमेत गर्न सकिने बताए।

यसैगरी उनले शिक्षाको लगानी १० वर्षपछि प्राप्त हुने भएकाले विद्यालयको ‘जग’देखि नै देशले खोजेको जनशक्ति उत्पादनलाई मजबुत बनाउन आग्रहसमेत गरे।

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…