प्रचण्डले खुवाए प्रेस संगठनका सदस्यहरुलाई सपथ

१२ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध प्रेस संगठनका केन्द्रीय सदस्यहरुले शनिबार सपथ लिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा देशभरबाट आएका प्रेस संगठनमा आवद्ध पत्रकारहरुलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सपथ खुवाएका थिए ।

सपथ पत्रमा मर्यादित, जनपक्षीय र जिम्मेवार पत्रकारिताको लक्ष्यप्रति प्रतिवद्ध रहने, श्रमजिवी पत्रकारको हित रक्षाका लागि निरन्तर लागि रहने र समाजवाद स्थापनाको बाटोमा डटेर लाग्ने उल्लेख छ ।

कार्यक्रममा ‘प्रधानमन्त्रीसँग सञ्चारकर्मी’ कार्यक्रम राखेर प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले सम्बोधन गरेका छन् ।

प्रधानमन्त्री ओलीले स्रोत र साधन भएकाहरुले मिडियामा लगानी गरेर त्यसलाई प्रयोग गरेको धारणा राखे ।

अर्का अध्यक्ष प्रचण्डले बुर्जुवाहरुले सूचना प्रविधिको दुरुपयोग गरिरहेको बताए । प्रविधिलाई जनताको हितमा प्रयोग गर्न प्रेस संगठनका सदस्यहरु सिपालु हुनुपर्ने र बुर्जुवाहरुलाई जित्नुपर्ने भन्दै उनले भने, ‘त्यसका लागि तपाईको यो बटालियन कति सक्षम छ, तपाईंहरुका हतियार कति धारिला हुन्छन्, । विरोधीको हतियारलाई काउण्टर गर्न कति व्यवस्थित हुन्छन् भन्नेले जित हारको फैसला हुनेवाला छ ।’

बुर्जुवाहरुले श्रमजीविहरुलाई सजिलै नपत्याउने तर गद्दीबाट लगहत्याएपछि शासनसत्ताको अनुभव, पैसाको तागतले प्रतिक्रान्तिको तानाबाना बुन्ने गरेको प्रचण्डले सुनाए । उनले भने, ‘उनीहरुसँग पैसाको तागत हुन्छ, उनीहरुसँग अनुभवको तागत हुन्छ । उनीहरुसँग शासनसत्ता कसरी चलाउने भन्ने अनुभव हुन्छ । यसलाई प्रयोग गरेर फेरि प्रतिक्रान्ति गर्ने तानाबाना बुन्छन् ।’

पार्टी एकताका विषयमा जनतालाई राम्रोसँग बुझाउन नसकिएमा उनीहरुको नजरमा छिपछिपे र हल्का हुने खतरा बढ्नसक्नेतर्फ सचेत गराए । पार्टी एकता सत्ता प्राप्तीका लागि मात्रै नभएको उनले बताए ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…