रुसले ल्यायो ध्वनीभन्दा २७ गुणा तीव्र अमेरिका संग समेत नभएको हाइपरसोनिक मिसाइल

एजेन्सी । रुसले देशको पहिलो हाइपरसोनिक आणविक मिसाइल परीक्षण गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ मिसाइलको बलका आधारमा रुसले एक अलग उचाई हासिल गरेको दावी गरे ।

पुटिनले मिसाइललाई सन् १९५७ को सोभियत संघको पहिलो भू–उपग्रह प्रक्षेपणको उपलब्धीसँग तुलना गरे । एभागार्ड हाइपरसोनिक नाम राखिएको उक्त मिसाइल ध्वनीको गतिभन्दा २७ गुण तीव्र गतिमा उठ्न सक्छ । एभानगार्ड मिसाइललाई अन्तरमहादेशिय ब्यालेष्टिक मिसाइलमाथि राखेर प्रक्षेपण गरिने भए पनि एभानगार्ड आम मिसाइलजस्तो निर्धारित र अनुमान गर्न सकिने मार्गमा अघि बढ्दैन । यसले गर्दा मिसाइल प्रतिरक्षा प्रणालीले यसलाई पहिचान गर्न कठिन पार्छ ।

रक्षा मन्त्री सर्गेई शोइगुले पुटिनलाई एभानगार्ड मिसाइललाई सैन्य काममा लगाइसकेको बताए ।

रणनीतिक मिसाइल फौज प्रमुख सर्गेई काराकेइभले एभानगार्डलाई दक्षिणी उराल पर्वत क्षेत्रमा रहेको आरेनवर्ग डिभिजनमा तयारी अवस्थामा राखिएको जानकारी दिए ।

पुटिनले सन् २०१८ मार्चमा राष्ट्रलाई सम्बोधन गर्ने क्रममा एभानगार्ड र अन्य सम्भावित सशस्त्र प्रणाली सार्वजनिक गरेका थिए ।

रुसी राष्ट्रपतिले एभानगार्डलाई त्यसको उच्च गतिका कारण उत्पन्न हुने तापक्रमलाई थेग्ने हिसाबले हिसाबले बनाइएको बताए । उनका अनुसार यसले २००० डिग्रीसम्मको ताप थेग्छ । यो मिसाइलले २ मेगाटन आणविक हतियार बोक्न सक्छ ।

चीनले यस अघि नै उसको आफ्नै हाइपर–सोनिक गतिमा उड्ने मिसाइल परिक्षण गरिसकेको छ । उसको मिसाइल ध्वनीको गतिभन्दा पाँच गुणा तीव्र उड्ने अनुमान छ ।

अमेरिकासँग हाइपरसोनिक मिसाइल छैन । डिफेन्स सेक्रेटरी मन्त्री मार्क एस्परले आफूहरुले पनि हाइपर सोनिक मिसाइलमा काम गरिरहेको बताए । अगष्टमा कुरा गर्दा मार्कले आगामी दुई–तीन वर्षभित्रमा यस्तो हतियार अमेरिकाले हासिल गरिसक्ने बताएका थिए ।

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…