कुलमान घिसिङले गरे आँखा दानको घोषणा

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आँखा दानकाे घोषणा गरेका छन् । शनिबार तिलगंगा आँखा अस्पतालमा मरणोपरान्त आँखाको नानी दान गर्नेका सम्झना र सम्मानमा गरिएको सामूहिक श्रद्धाञ्जली–सभामा उनले आँखा दान गर्ने प्रतिबद्धता जनाएका हुन्।

उनले भने, ‘हामी विद्युत्मा अझै आत्मनिर्भर हुन सकेको अवस्था छैन, तर आँखासम्बन्धी उपचारमा आत्मनिर्भर छौँ, हामीले लेन्स निर्यात गर्छौं, त्यो देख्दा खुसी लाग्छ। बत्तीको उज्यालो देख्न पनि आँखाको आवश्यक पर्छ, आँखा नभइ संसार देख्न सकिँदैन।’

त्यसैगरी, कार्यक्रममा ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद यादवले भने, ‘ट्रमा सेन्टरमा ब्रेनडेथ भएका धेरै बिरामीहरु आउने बताउँदै विभिन्न अंग दान दिएका अरु व्यक्तिले नयाँ जीवन पाउन सक्छन् त्यसैले दान गर्नुपर्ने आग्रह गरेका छन्। ७ वटै प्रदेशमा डोनेसन सेन्टर बनाइनुपर्छ।’

कार्यक्रममा नेपाल आँखा बैँकको अक्षय कोषस्थापना गरिएको थियो । जसमा विभिन्न व्यक्तिहरुले सहयोग गरेका थिए।

तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले अहिले धेरै मानिसहरुमा देखिएको आँखा दानप्रतिको सकारात्मक सोचको कारणले आँखाको नानी प्रत्यारोपण गरी पुनःदृष्टि दिलाउने काममा नेपाल आत्मनिर्भरतातर्फ अग्रसर हुँदै गएकाे बताइन्।

त्यस्तै नेपाल आँखा बैंकका व्यवस्थापक शंखनारायण त्वायनाले नेपालमा आँखा दान गर्न र गराउनका लागि जनमानसलाई सु–सूचित गर्ने उद्देश्यले नेपाल आँखा दान समाज स्थापना भएको बताउँदै सबैलाई आँखा दान दिन आग्रह गरे।

मृत्युपश्चात् आँखा दान गरिदिने हो भने दुईभन्दा बढी दृष्टिविहीनले पुनः देख्न पाउँछन्। नेपाल आँखा बैंकमा

हालसम्म ७५ हजारभन्दा बढी दाताले मरणाेपरान्त आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन् भने झण्डै १५ हजार जनाले आँखाको नानी दान प्राप्त गरी पुनः दृष्टि प्राप्त गरेका छन्।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…