आफ्नो जन्मदिनमा सलमानले पाए बहिनी अर्पिता खानबाट अमुल्य उपहार

काठमाडौ। बलिवुड चलचित्र उद्योगका दबंग सलमान खान आजबाट ५४ बर्षमा प्रवेश गरेका छन् । जन्मदिनको अवसरमा उनले बहिनी अर्पिता खानबाट अमुल्य उपहार प्राप्त गरेका छन् । आजकै दिन खानकी बहिनीले छोरीलाई जन्म दिएकी छिन् ।

सलमानको बर्थडे सेलिब्रेट गरेपछि अर्पिता हिन्दुजा अस्पतालमा भर्ना भएकी थिइन् । त्यसपछि उनको सल्यक्रिया गरिएको थियो । उनले बिहान छोरीलाई जन्म दिएकी हुन् ।

दबंग ३’ सय करोडमा प्रवेश

बलिउड स्टार सलमान खानको फिल्म ‘दबंग ३’ सय करोडमा प्रवेश गरेको छ । फिल्मले बुधवार १५ करोड ५० लाख कमाइ गर्दै सय करोड क्लबमा प्रवेश गरेको हो ।

पहिलो विकेन्टपछि फिल्मको कमाइमा भारी गिरावट आएको छ । यही फिल्ममार्फत महेश मान्जरेकरकी छोरी सई मान्जरेकरले बलिउड डेब्यु गरेकी छिन् ।

फिल्मले समीक्षात्मक रुपमा मिश्रित प्रतिक्रिया पाएको छ ।

बक्स अफिस इन्डियाका अनुसार यो फिल्म सलमान खानको फिल्ममध्ये सय करोड कमाउने १५ औँ फिल्म बनेको छ । ‘दबंग ३’ ले भारतमा मात्र सय करोड बढी कमाइ गरेको हो ।

यसअघि सलमानका फिल्म दबंग, किक, रेडी, दबंग २, एक था टाइगर, बडीगार्ड, प्रेम रतन धन पायो, जय हो, ट्युबलाइट, टाइगर जिन्दा है, रेस ३, बजरंगी भाइजान, भारत र सुल्नानले सय करोडभन्दा बढी कमाइ गरेका थिए ।

यद्यपि ‘दबंग ३’ ले ठीकठाक कमाइ गरेको छ । फिल्ममा किच्चा सुदीप र सोनाक्षी सिन्हाको पनि शीर्ष भूमिका छ । सलमानले फिल्ममा चुलबुल पाण्डेको भूमिका निभाएका छन् ।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…