कांग्रेससँग सहकार्य गर्नेगरी समाजवादी पार्टीको छलफल सुरु

काठमाडाैं : गत बुधबार सरकारबाट बाहिरिएको समाजवादी पार्टीले खास एजेण्डाहरूमा कांग्रेससँग सहकार्य गर्नेबारे छलफल सुरु गरेको छ। कांग्रेसका सभापति शेरबहादुर देउवासँग बिहीबार भेटवार्ता गर्दै समाजवादीको नेतृत्वले सरकारविरुद्ध सडक र सदनमा मोर्चाबन्दी गर्न प्रस्ताव गरेका हुन्।

बिहीबार समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ देउवालाई भेट्न देउवा निवास बूढानीलकण्ठ पुगेका थिए। समाजवादीका नेताहरूले देउवासँग सरकारले गरेको अनियमितता, भ्रष्टाचारविरुद्ध एक भएर जान भएर जान प्रस्ताव गरेका हुन्।

देउवासँगको भेटमा समाजवादीले माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनको विषयमा पनि छलफल गरेको छ। ‘भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भयो,’ डा भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले भट्टराईलाई उदृत गर्दैै भने, ‘राष्ट्रियसभाको चुनावमा कसरी सहकार्य गर्ने, गोकर्ण रिसोर्टसम्बन्धी सरकारले गरेको निर्णयका विषयमा छलफल भयो।’

त्यस्तै, संविधान संशोधनको विषयमा पनि छलफल भएको समाजवादीले जनाएको छ। संविधान संशोधनका विषयमा कुरा नमिल्दा समाजवादी पार्टीका तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादव र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले पुस ८ गते राजीनामा दिएका थिए।

यादव र राईले राजीनामा बुझाएलगत्तै डा. भट्टराईले मुद्दाअनुसार कांग्रेससँग कार्यगत एकता गर्ने बताएका थिए। राजीनामापछि यादवले सरकारविरुद्ध सदन र सडकबाट आन्दोलन चर्काउने बताएका थिए।

संविधान संशोधनका विषयमा कुरा नमिल्दा समाजवादी पार्टीका तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले गत पुस ८ गते राजीनामा दिएका थिए।

सरकारविरुद्ध सदन र सडकबाट संघर्ष गर्ने भट्टराई र यादवको प्रस्तावमा देउवाले समर्थन जनाएको समाजवादीका एक नेताले थाहाखबरलाई जानकारी दिए। उनले भने, ‘सरकारले गरेको अनियमितता, भ्रष्टाचारको विषयमा, गोकर्ण रिसोर्ट जस्ता विभिन्न विवादास्पद निर्णयविरुद्ध एक भएर जाने सहमति भएको छ।’

भर्खरै प्रकाशित

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…