बनारस हिन्दू विश्वविद्यालयमा ‘भूत विद्या’काे पढाइ हुने !

काठमाण्डौ – बनारस हिन्दू विश्वविद्यालय (बीएचयू) फेरि एक पटक चर्चामा छ । फिरोज खानको विषयपछि अहिले यो विश्वविद्यालयको एउटा विभाग सामाजिक सञ्जालमा चर्चित भइरहेको छ ।

बनारस हिन्दू विश्वविद्यायलमा एउटा नयाँ प्रमाणपत्रको कोर्स सुरु हुने भएको छ । जसमा डाक्टरहरुले ‘ममाथि भूत’ को असर छ र ‘म भूतलाई देख्न सक्छु’ भन्ने मानिसको उपचार कसरी गर्ने भनेर सिकाउनेछन् ।

६ महिनाको यो कोर्स नयाँ वर्ष सन् २०२० को जनवरी महिनाबाट सुरु हुनेछ ।

अधिकारीहरुका अनुसार यो कोर्समा साइकोसोमैटिक डिस्अर्डरको बारेमा पढाइनेछ र जसलाई असामान्य घटनासँग जोडेर देखाइनेछ ।

यो कोर्सलाई आयुर्वेद विभागले सुरु गर्न लागेको हो । बीएचयूका एक जना अधिकारीले समाचार संस्था आईएएनएलाई भने, ‘विश्वविद्यालयमा एक नयाँ इकाइको स्थापना गरिएको छ ।’

आयुर्वेद संकायका डिन भूषण त्रिपाठीले भूत विद्या मुख्यरुपमा साइकोसोमैटिक डिस्अर्डरको बारेमा पढाइनेछ । जुन अज्ञात कारण हुने बिमारी र मन अथवा मानसिक स्थितिको रोगसँग सम्बन्धित छ ।

उनका अनुसार भूत विद्यामा कोर्स सुरु गर्ने यो भारतकै पहिलो विश्वविद्यालय हो । जसमा डाक्टरहरुले आयुर्वेद माध्यमबाट भूतसँग जोडिएका चीजको बारेमा पढाउनेछन् ।

आयुर्वेद उपचारमा सामान्यतया जडीबुटी, खानपानमा परिवर्तन, मसाज, श्वास लिने र छोड्ने तथा व्यायामको माध्यमबाट उपचार गरिनेछ ।

भर्खरै प्रकाशित

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…