बलात्कारीको फर्जी जन्मदर्ता बनाउने वडा सचिव पक्राउ

वीरगन्ज : विवाहित महिलालई बला त्कार गरेको आरोपमा प क्राउ परेका अभियुक्तको उमेर घटाएर फर्जी जन्मदर्ताको प्रमाण पत्र बनाउने कर्मचारीलाई प्रहरीले प क्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका-५ का वडा सचिव प्रभु पडित रहेका छन्।

गत कात्तिक ७ गते पचरौता नगरपालिका-५ की ३३ वर्षीया महिलालाई सोही वडाका १८ वर्षीय सोहन भनिने जितेन्द्र महत्तो नुनियाले बाटो छेकेर वडा नम्बर ४ को बगैंचामा लगेर बलात्कार गरेका थिए।

घटनाका बारेमा पिडित पक्षले जानकारी गराएपछि प्रहरीले फरार रहेका नुनियालाई मंसिर ५ गते प क्राउ गरेको थियो।
प्रहरीले जब रजस्ती करणी उद्योग कसूर शीर्षकमा मु द्धा दर्ता गरी बारा जिल्ला अदालतमा पेश गरेपछि अदालतले पुष १ गते पुर्पक्षको लागि जे ल चलानको आदेश दिएको थियो। नुनिया हाल वीरगन्ज कारागारमा छन्।

उक्त घटनामा अभियुक्तलाई फाइदा तथा पिडितलाई हानी, नोक्सानी पुर्याउने नियतले वडासचिव पडितले २०५८ सालमा जन्म भएका अभियुक्त नुनियाको २०६० सालमा जन्म भएको भनी किर्ते जन्मदर्ताको प्रमाणपत्र बनाएर दिएको भन्दै पिडित पक्षले प्रहरीमा उ जुरी दिएका थिए।

त्यहि उजुरीको आधारमा प्रहरीले वडा सचिव नुनियालाई बुधबार साँझ प क्राउ गरेको हो। प क्राउ परेका वडा सचिव महतोलाई बारा जिल्ला अदालतमा पेश गरी पाँच दिनको म्याद थप गराइ अनुसन्धान भइरहेको बाराका प्रहरी उपरिक्षक विकासराज खनालले जानकारी दिए।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…