राष्ट्रिय दिवसका अवसर कतारको जेल जीवन विताईरहेका ९ जना नेपालीले आममाफी पाउने

कतार – विभिन्न कसुरमा कतारको जेल जीवन विताईरहेका ९ जना नेपालीले आममाफी पाउने भएका छन्। कतारको राष्ट्रिय दिवसको अवसरमा त्यहाँको सरकारले अन्य विदेशी नागरिक सहित ९ जना नेपालीलाइ आममाफी दिन लागेको  ।

कतारले आफ्नो राष्ट्रिय दिवसका अवसर पारेर कतारको केन्द्रीय कारागारमा विभिन्न आरोपमा जेल सजाय भोगिरहेका ९ जना नेपाली कैदी बन्दीहरुलाई कतार सरकारले आममाफीसहित रिहाइ गरेको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

आममाफी पाएका नेपालीलाई स्वदेशफिर्तीका लागि सहज बनाउन दूतावासको टोली घरफिर्ती केन्द्रमा गएर अवस्था बुझिसकेको छ । आममाफी पाएकामध्ये चार जनाको पासपोर्ट नभएको र उनीहरुको यात्रा अनुमती पत्र घरफिर्ती केन्द्रमा नै उपलब्ध गराएको दूतावासले जनाएको छ । कतारले आफ्नो राष्ट्रिय दिवस डिसेम्बर १८ का दिन मनाउँछ ।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…