महावीर पुनको पेट्रोल डिजेल गाडी परिवर्तन गर्ने योजनामा चिनियाँ कम्पनीको साथ

महावीर पुनको राष्ट्रिय अनुसन्धान केन्द्रले पेट्रोल/डिजेलबाट चल्ने पुराना गाडी विस्थापित गर्दै विद्युतीय गाडी परिवर्तन गर्न केही समयदेखि प्रयास गरिरहेको छ।

२० वर्ष पुराना पेट्रोलियम पदार्थबाट चल्ने इञ्जिन भएका सवारी साधनमा विद्युतबाट चल्ने इञ्जिन राख्ने उनको योजनाअनुसार कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा हिजोआज काम भइरहेको छ।

पुनको यो योजनामा चिनियाँ कम्पनीले साथ दिने भएको छ।

पेट्रोलियम पदार्थबाट चल्ने सवारी विस्थापनका लागि गरिएको प्रयास सुरूकै चरणमा रहेको पुनले बताए।

आविष्कार केन्द्रबाट विद्युतीय मोटर र ब्याट्री अहिले नै उत्पादन गर्न नसकिने भएकोले चिनियाँ विद्युतीय गाडी उत्पादन कम्पनीलाई आग्रह गरेको पुनले जानकारी दिए।

सिचुवान गुवान अटोमोबाइल्सका सिइओ च्याङलिङ लो कीर्तिपुरमा रहेको आविष्कार केन्द्र हेर्न बुधबार पुगेका थिए।

लोसँगको भेटमा पुनले आफूहरूलाई विद्युतीय मोटर र ब्याट्री सस्तोमा उपलब्ध गराउन सक्ने भए खरिद गर्ने बताएका थिए।

‘अहिले नै हामी विद्युतीय मोटर र ब्याट्री उत्पादन गर्न सक्दैनौं। उहाँ (सिइओ च्याङलिङ लो) बिजुली गाडी बनाउने कम्पनीको साहुजी भएकोले सस्तोमा मोटर र ब्याट्री सप्लाइ गर्न सक्ने भए हामी किन्छौं भनेको हुँ,पुनले सेतोपाटीसंग भने, ‘उहाँले यस्तो मोटर र ब्याट्री हामी बनाउँछौं, चाहिने भए सप्लाइ गर्न सक्छु। मद्दत गर्न पनि तयार छु भन्नुभएको छ।’

सस्तोमा गुणस्तरीय सामान उत्पादन गर्न सक्ने भए चिनियाँ सामान खरिद गर्ने पुनले बताए।

सिइओ च्यङलिङले आविष्कार केन्द्रमा निर्माण गरिराखेका अन्य आविष्कार पनि अवलोकन गरेका थिए।

केन्द्रले सेल रोटी बनाउने, गुन्द्रुक बनाउने, औषधि ढुवानी गर्न मिल्ने ड्रोन, बच्चालाई तातोमा राख्न सकिने मेसीन पनि आविष्कार गरिसकेको छ।

पुनका अनुसार कृषि, स्वास्थ्यलगायतका क्षेत्रमा विभिन्न २२ नयाँ आविष्कार गरिराखिएको बताए। अहिले केन्द्रमा ५० जनाभन्दा बढी युवाहरू नयाँ आविष्कार तथा खोज, अनुसन्धानमा लागिपरेका छन्।

‘दिनहुँजसो नयाँ-नयाँ खोज र आविष्कार गर्नुपर्‍यो भन्ने आइडिया आउँछ,’ पुनले भने, ‘धेरै विषयमा नयाँ अध्ययन भइराखेको छ।’

केन्द्रलाई सरकारी सहयोग भने न्यून छ। पुनका अनुसार केन्द्रलाई अहिले दुई करोड रूपैयाँ चाहिएको छ।

‘विभिन्न चिज उत्पादन गर्न कारखाना बनाउनुपर्नेछ,’ उनले भने, ‘कारखाना बनाउन पाँच करोड रूपैयाँजति लाग्छ। हामीसँग पनि अलिकति पैसा छ त्यही भएर दुई करोडजति आवश्यक छ,’ उनले भने।

उनले कारखाना बनाउन आवश्यक पर्ने पैसा सस्तो ब्याजमा ऋण खोजेका छन्। यतिमात्र होइन विभिन्न समयमा उनले पाएका राष्ट्रिय/अन्तर्राष्ट्रिय पदक पनि विक्रीका लागि राखेका छन्। तर ती पदक किन्ने आँट अहिलेसम्म कसैले गरेको छैन।

केन्द्र अवलोकनका लागि चीन, जर्मन, अमेरिका, जापानलगायत देशबाट अवलोकनकर्ताहरू आउने गरेको उनले बताए।

आविष्कार केन्द्र यो काममा सफल भयो भने विदेशबाट पेट्रोलियम पदार्थ खरिद गर्न नपर्ने र पैसा बच्ने पुन तर्क गर्छन्।

‘विदेशबाट तेल ल्याउनुपर्दैन। यहाँ उत्पादन भएको बिजुली पनि यहीँ खपत हुन्छ,’ उनले भने।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…