महावीरकाे राष्ट्रिय आविष्कार केन्द्र अवलोकन गर्दै चीनमा बिजुली बस बनाउने कम्पनीका सिइओ

काठमाडौं। चीनमा बिजुली बस बनाउने कम्पनीका सिइओले राष्ट्रिय आविष्कार केन्द्र अवलोकन गरेका छन्। सिचुवान गुवान अटोमोवाइल्सका सिइओ च्यङलिङ लोले बुधबार बिहान कीर्तिपुरस्थित पुनको राष्ट्रिय आविष्कार केन्द्र पुगेका हुन्।

च्यङलिङ लोले त्यहाँ निमार्णाधीन विद्युतिय सवारीमा विशेष चासो देखाएका थिए। उनले सुझाव दिनुको साथै विद्युतिय सवारी साधन बनाउन चाहिने ब्याट्री मोटरलगायत सहयोग गर्ने प्रतिवद्धतासमेत जनाएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए।

‘यहाँका विद्यार्थीहरूले आफूलाई के–के चाहिन्छ हामीलाई लिस्ट दिनुहुन्छ। हामी त्यो लिस्ट कम्पनीलाई पठाउँछौ,’ उनले भने। सुन्दर यातायातले सिचुवान गुवान अटोमोवाइल्सका बिजुली बस सञ्चालन गरिरहेको छ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…