यी शिक्षिकाको अपनाइन विद्यार्थीलाई शरीरको बनोटबारे पढाउने अनौठो तरिका

स्पेनकी एक शिक्षिका मानव शरीरको बनोटबारे विद्यार्थीलाई अनौठो तरिकाले पढाएका कारण चर्चामा छिन् । सामाजिक संजालमा उनको तारिफ भइरहेको छ । स्पेनको भालाडोलिडको एक स्कुलमा शिक्षिका भेरोनिका ड्युक जीव विज्ञानको कक्षामा मानव शरीरका भित्री अंगहरुको चित्रसहितको कपडा लगाएर गइन् । उनले आफ्ना विद्यार्थीहरुलाई विस्तारपूर्वक एक–एक अंगहरुको बारेमा पढाइन् । कक्षामा बालबालिकाले पनि उनको यो प्रयासको प्रशंशा गरेका छन् ।

४३ वर्षकी भेरोनिका विगत १५ वर्षदेखि विज्ञान, अंग्रेजी, कला, इतिहास र स्पेनिस जस्ता विभिन्न विषय पढाउँछिन् । उनका अनुसार बालबालिकालाई तवीर वा बोर्डमा चित्र बनाएर बुझाउन निकै कठिन हुन्छ । यो समस्यापछि उनलाई यस्तो आइडिया आएको हो । उनले मानव शरीरको भित्री अंगहरुसहितको एक सुट बनाइन् । उनलाई यो भन्दा रोचक र सजिलो तरिका अरु हुँदैन भन्ने लाग्छ । भेरोनिकाको यो आइडियालाई उनका पतिले पनि प्रशंशा गरे । उनी कक्षामा भेरोनिकासँगै गएर फोटो खिचे । यी फोटोलाई ट्वीटरमा १३ हजारभन्दा बढी रिट्वीट र ६६ हजार लाइक आइसकेको छ ।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…