राजनीति गर्ने शिक्षकलाई सरकारले कारबाही गर्ने

कावासाेती — राजनीति गर्ने शिक्षकलाई सरकारले कारबाही गर्ने बताएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले विद्यालय राष्ट्र निमार्णको थलो भएकाले राजनीति गर्ने शिक्षकलाई सरकारले छुट नदिने चेतावनी दिनुभयो ।

राजनीति गर्ने शिक्षकलाई कारबाही गर्न नियमावलीको मस्यौदा तैयार भैरहेको जानकारी मन्त्री पाख्रेलले जानकारी दिए । शिक्षा विकास तथा समन्वय इकाई पूर्वी नवलपरासीद्वारा आयोजित अन्तरक्रियामा मन्त्री पोख्रेलले शिक्षालाई श्रम, प्रविधि र सीपसँग जोड्नुपर्नेमा सरकारको ध्यान केन्द्रित रहेको बताउनुभयो ।

संविधानमै शिक्षालाई मौलिक हकका रुपमा समेटिएकाले शिक्षा पेशा मर्यादित र उदाहरणीय नभई समृद्धिको यात्रामा नपुगिने उनले दाबी गरे । उनले मौलिक अधिकारको रुपमा शिक्षालाई संविधानमा समेटिएका कारण राजनितिवाट टाढा राख्नैपर्ने आवश्यकता औँल्याए ।

सरकारले संख्यात्मकभन्दा गुणत्मक शिक्षामा जोड दिइरहेको उनको भनाइ छ । देश समृद्धिको मुख्य आधार शिक्षा भएकाले वैज्ञानिक शिक्षामा जोड दिइरहेको उनले सुनाए ।

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…