साथीको कपडा मागेर खेल्दाको पीडा : ‘स्वर्ण जितेँ, तर खुसी जितिनँ’

काठमाडौँ।  हिमाल टमाटाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को दुआथोलनबाट स्वर्ण पदक जिते । यो खुसी उनको अनुहारमा पनि देखिनु पर्ने हो । तर त्यो देखिँदैन । भन्छन्, ‘मैले स्वर्ण पदक जितेँ, तर खुसी जित्न सकिनँ ।’

टमाटाले जारी सागमा पाएको सफलता ६ महिना अघिबाटै देखेका थिए । र, उत्तिकै आत्मविश्वास पनि थियो । त्यति नै बेला पनि उनले संकल्प गरेका थिए, ‘नेपालका लागि एउटा स्वर्ण पदक त पक्का जितेर ल्याइदिन्छु ।’

नेपाल आर्मीका जागिरे टमाटाले सुरुमा आर्मीकै साइकलले अभ्यास गरेका थिए । त्यो साइकलले पनि उनमा जितको आत्मविश्वास बढाइदिएकै थियो । तर जब एक महिनाअघि सागकै लागि बन्द प्रशिक्षणमा सहभागी भए, ‘हातमा लाग्यो–थोत्रो साइकल !

उनले हार मानेनन् । जितको सपना देखिरहे । थोत्रो साइकल भएर के भो त ? हिमालमा जितको भोक थियो । त्यही भोकले नै जित्ने शतप्रतिशत विश्वास कायम राख्न सघाउँदै आएको थियो । अभ्यासमा तल्लिन हुँदाबाटै एक महिनाबाट विस्तारै ३०, २९, ….. हुँदै साग सुरु हुने मिति उनको अघिल्तिर आयो । तर न उनीसँग सागका लागि पोशाक पाए, न साइकल नै ।

त्यसले पदक जित्ने विश्वास मक्किँदै मक्किँदै गयो । ‘सुरुमा पदक जित्छु भन्ने शतप्रतिशत विश्वास थियो । तर सरकारले कुनै पनि पूर्वाधार र आवश्यक सामाग्री उपलब्ध नगराइदिएपछि जित्छु भन्ने आशै मरेर गयो,’ टमाटाले अनलाइनखबरसँग भने, ‘इक्वीपमेन्टबिना जित्छु भन्नु पनि मुर्खता थियो ।’

नयाँ साइकल आएन । पोशाक आयो, अघिल्लो दिन । बोरामा कोचिएर आएको ‘कस्ट्युम’ नियाले । तर त्यो कस्ट्युम दुआथोलनका लागि थिएन । उनी भन्छन्, ‘पोशाक आएर के गर्नु ? खेल अनुसारको क्वालिटी नभएपछि नलगाउने निर्णय लिएँ ।’

मंगलबार विहानै खेल तालिका थियो । कपडा गुणस्तरहीन भएपछि आधारातसम्म के कपडा लगाउने ठेगान थिएन । खेलभन्दा बाहिर रहेका साथीसँग कपडा सापटी मागे । र मंगलबार साथीकै पोशाकमा ठाँटिएर प्रतिस्पर्धामा होमिए ।

साथीसँग मागेकै कपडाले टमाटाले स्वर्ण पदक पनि जिते । तर, उनी सन्तुष्ट भएनन् । ‘देशमा यति ठूलो इभेन्ट आयोजना गरिएको छ । पहिलो प्राथमिकतामा खेलाडीलाई पार्नुपर्थ्यो, तर त्यो देखिएन,’ भन्छन्, ‘खेलमा जति शरीरको साथ दिन्छ । त्योभन्दा बढी सहयोग र साथ इक्विप्मेन्टले दिन्छ भन्ने उनीहरुले बुझून् ।’

राज्यले खेलकुदमा गरेको लगानी सम्बन्धित व्यक्तिसम्म नपुगेको हिमालको गुनासो छ । ‘ट्रेनिङको समयमा जति आशा र हौसला ममा थियो । खेलको अन्तिम घडीमा आएर सबै सकियो,’ १३औं सागका स्वर्ण पदक विजेता हिमालले दुखेसो पोखे, ‘राज्यले गरेका छौं, गर्छौं भन्यो । तर, सधैं आशमात्रै देखाइरह्यो ।’ (अनलाइन खबरबाट)

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…