मेरो जित नै रवीन्द्र अधिकारीप्रतिको सम्मान हो : विद्या भट्टराई

काठमाडौँ। कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईले पूर्वाधार विकास र सामाजिक विकासका लागि काम गर्ने प्रतिवद्धता जनाएकी छन् ।

शनिबार भएको उपनिर्वाचनको मतगणना आइतबार साँझ सकिएको छ, जसमा भट्टराई विजयी भएकी छन् । जितपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनलले भनिन्, यो जित कास्केली जनताको हो, रवीन्द्र अधिकारीप्रति सम्मान हो ।’

कास्की २ बाट निर्वाचित अधिकारीको गत फागुनमा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । त्यसपछि रिक्त पदमा उनकी पत्नी भट्टराई विजयी भएकी हुन् ।

उनले भनिन्, ‘जनतासँग जसरी मत माग्न घरदैलो गएको थिएँ, आर्शिवाद पाएको थिएँ । अब फेरि जनतासामू जान्छु र आफ्नो प्रतिवद्धता व्यक्त गर्छु ।’

पूर्वाधार विकास, सामाजिक विकासमा काम गर्ने आफ्नो प्रतिवद्धता भएको भन्दै उनले पोखरालाई पर्यटकीय राजधानी बनाउन भूमिका खेल्ने पनि बताएकी छिन् ।

केही छिटफुट घटना बाहेक निर्वाचन शान्पिूर्ण रुपमा सम्पन्न भएको भन्दै उनले सबै दललाई धन्यवाद दिइन् ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…