गढ़िमाई मेलामा बलिप्रथा रोक्न हिडेका अभियान्ता मासुभात खादै गरेको देखेपछी..

गढ़िमाई मेलामा बलि प्रथा रोक्न गएका अभियान्ता हरुलाई हिन्दु युवाहरुले हात’पात गरेका छन् बलि प्रथा रोक्न भन्दै अभियान चलाउने तर होटलमा खसीको मासु खादै गरेको देखेपछी आबेगमा आएर केहि कार्यकर्ताले हातपात गरेका छन् ।

बाराको गढीमाई मेलामा एक महिनासम्म चल्ले मेला पशुबलीकै कारण विश्वप्रसिद्ध छ । एक साता देखि गढीमाई मेला सुरु भएको छ । बाराको बरियापुरमा रहेको गढीमाई मन्दिरमा हरेक पाँच वर्षमा यो मेला लाग्ने गर्दछ । मेलाको मुख्य आकर्षण भनेकै पशुबली हो । विभिन्न मनोकामना पुरा गर्न यो मन्दिरमा बली दिइन्छ । निकै भिड रहने यो गढीमाई मन्दिरमा मेला सुरु हुनु दुई साता अघि देखि नै मेलाभर्न आउने गर्छन ।

जव जव गढीमाई मन्दिरमा मेला सुरु हुन्छ हिन्दु धर्म नमान्ने अन्य सम्प्रदायका ब्यक्तिहरुले यसको विरोध गर्दछन् । पशुबली नदिन भन्दै विभिन्न अभियान सुरु हुन्छ । विभिन्न संघसंगठनले पशुवली नदिनु भन्दै वारामै पुगेर अभियान समेत सञ्चालन गर्छन । तर वर्षौ देखि चलिआएको यो परम्परा भने रोकिएको छैन । त्यसरी अभियान सञ्चालन गर्नेहरुलाई हिन्दु धर्म माथि भएको हस्तक्षेप भन्दै केहीले ब्याख्या गर्ने गरेका छन् । बौद्ध धर्म वाहेकका अन्य धर्ममा बलि दिइने संस्कार भए पनि हिन्दु धर्म माथि हस्तक्षेप गर्नका लागि यो प्रथाको विरोध गरिएको भन्दै ब्याख्या गर्ने गरिएको छ ।

यो वर्ष पनि गढीमाई मेला सुरु भएपछि त्यस विरुद्धको अभियानका लागि केही ब्यक्ति बारा पुगेका छन् । तर पशुबली विरुद्ध अभियान गरेकाहरु नै होटलमा मासु खाँदै गरेको अवस्थामा फेला परेपछि उनीहरुलाई स्थानियले लखेटेको छन् । होटलमा मासु भात खाँदै गरेका बेलामा पुगेका केही स्थानियले त्यसको भिडियो समेत खिचेका छन् । अहिले त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा स्थानियले उनीहरुलाई लखेटेको पनि देखिन्छ । होटलवाट लखेट्दै बाहिर निकाले ति अभियन्ताहरु माथि आ क्रमणको प्रयास गरिन्छ । त्यहाँ सुरक्षामा रहेका एक जना सुरक्षाकर्मीलाई अभियन्ताहरुलाई आ क्रमणवाट जोगाउन हम्मे हम्मे परेको भिडियोमा देख्न सकिन्छ ।

बली प्रथालाई रोक्नुपर्ने सर्वत्र चर्चा भए पनि पुरानो धार्मिक परम्परा भन्दै मन्दिर ब्यवस्थापन समितिले भने बली नरोकिने प्रष्ट्याएको छ । देशविदेशबाट लाखौंको संख्यामा हिन्दु धर्मावलम्बीहरु आउने यस मन्दिरमा यो वर्ष १५ हजार भन्दा बढी राँगाको बली चढ्ने अनुमान समितिको छ । सोमवारदेखि सुरु यो मेलामा मंसिर ११ गते पञ्चबली दिएर बली चढाउन सुरु गरिने मेला व्यवस्थापन समितिले जनाएको छ ।

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…