कालो चिया खाने गर्नुस एस्तो छन फाइदा नै फाइदा

हामी नेपालीहरु दैनिक उठेर पानि भन्दा छिटो चिया  खाने गर्छौ तर हामीलाई मिठो लागेर दुध हालेको चिया पिउने गर्छौ तर त्यो स्वास्थ्यको लागि हानिकारक हुन सक्छ हामिके दैनिक चिया पिउने बानि त कम गर्न सक्दैनौ तर बानीमा परिवर्तन भने अवस्य गर्न सक्छौ त्यसैले दैनिक कालो चिया पिउने बानि पार्न सकियो भने स्वास्थलाई फाइदाजनक हुने गर्छ आज हामि उक्त फाइदाको बारेमा कुरा गर्नेछौ मन परे सबैलाई साझा गर्नुहोला ।

जाडो मौसममा मानिसहरु बढी मात्रामा चिया पिउने गर्दछन् । चिया तातोका लागि मात्रा नभईे कालो चियालाई तौल घटाउने माध्यमको रुपमा समेत लिने गरिन्छ ।कालो चिया मुटु रोगीका पनि फाइदाजनक मानिन्छ । कालो चियामा प्रचुर मात्रामा पाइने फ्लेवनाइड र क्वार्सटीन रक्त धमनीलाई स्वस्थ राख्न मद्दत गर्छ । कालो चियामा पाइने तत्वहरुले धमनीसम्बन्धी रोगहरुको सम्भावना पनि कम गर्छ ।

नेतेली वार्ड, केविन क्राफ्ट र उनको समूहले मुसामा गरेको एक अनुसन्धानको आधारमा क्वार्सटीन मुटुको रक्तनलिको अक्सिडेन्टबाट हुने नेक्सानबाट बचाउन सक्षम हुने बताईएको छ ।

बिशेषज्ञका अनुसार फ्लेवनायड् उच्च रक्तचाप कम गर्न तथा एथेरोस्क्लीरोसिस (धमनीको कडापन) को समस्या कम गर्न समेत प्रभावकारी मानिन्छ ।

दुध चिया जिब्रोलाई कालो चिया शरिरलाई !

हामीमध्ये धेरैको बिहानी चियाको चुस्कीसँगै शुरु हुने गर्छ । त्यसपछि समय–समयमा हामी चिया पिउँछौं ।

यसकारण चिया धेरै नेपालीहरुको लागि ‘लत’ नै बनिसकेको छ । धेरै जसो मानिसहरु दुध हालेको चिया पिउँन रुचाउँछन् ।

स्वास्थ्यको हिसाबले दुध हालेको चिया भन्दा कालो चियालाई निकै लाभदायक मानिन्छ । यसले हामीमा ग्यास्ट्रिक जस्ता समस्या ल्याउँदैन ।
कालो चियामा ‘पोलिफेनाइल’ नामक एन्टिअक्सिडेन्ट बढी मात्रा पाइन्छ भने सोडियम, प्रोटिन र कार्बोहाइड्रेट पनि न्यून मात्रामा पाइन्छ । कालो चिया पिउनुका फाइदा यस्ता छन्-

हड्डीको मजबुती

चियामा फाइदाजनक फाइटोकेमिकल्स हुन्छन् । जसले हड्डीलाई समेत मजबुत बनाउन सहयोग गर्दछन् ।

क्यान्सरबाट बचाउन

चियामा पोलिफिनाइल्स तत्व हुन्छ । यसले क्यान्सरको जोखिम कम गर्दछ ।

बुढोपना घटाउने

चियामा एन्टी अक्सिडेन्ट तत्व पाइन्छ । यसले उमेर बढेसँगै देखिने बुढोपनका लक्षण कम गर्दछ ।

मुटु रोबाट जोगाउन

मुटु रोगीहरुले नियमित रुपमा कालो चिया पिउनाले कोरोनरी आर्टरीमा भएको समस्या हटाउन मद्दत गर्छ। यसले गर्दा कालो चिया सेवन गर्नेहरुमा कार्डियोभास्कुलर डिजिज लाग्ने सम्भावना कम हुन्छ ।

स्तन क्यान्सर हुनबाट रोक्न

कालो चियामा भएको थेप्लाभिनले शरीरमा हुने कोषको असामान्य वृद्धिलाई नष्ट गर्छ । यस्तै ब्ल्याक या र ग्रिन जुन खालको चिया सेवन गरेपनि त्यसले स्तन क्यान्सर हुनबाट बचाउँछ । चियाले महिलाको महिनावारीको चक्रभर ग्लोबुलिन हर्मोनको स्तर वृद्धि गर्छ ।

झाडापखाला रोक्न

कालो चियामा भएको क्षारीय गुणका कारण पेटसम्बन्धी समस्या समाधान गर्न मद्दत गर्छ । त्यसैले डाइरियापीडितहरुलाई सकेसम्म कालो चिया खाने सल्लाह दिइन्छ।

दमका रोगीलाई आराम

तातो झोलपदार्थले प्रायजसो दमका रोगीहरुलाई आराम दिन्छ। यसले दमका रोगीहरुलाई श्वासप्रश्वास राम्रोसंग गर्न सहयोग गर्छ।यदि तपाई थप एक कप कालो चिया खाने मुडमा हुनुहुन्छ भने निर्धक्क खाए हुन्छ ।

यो कुनै व्यक्तिगत धारणा नभएर वैज्ञानिकहरुको अध्ययनका आधारमा तयार गरिएको निष्कर्ष हो । विज्ञहरुका अनुसार कालो चिया बालकदेखि बृद्ध जोकोहीले खाँदा पनि फाइदा हुन्छ । तर कालो चिया भएपनि चिनीको मात्रा कम प्रयोग गर्नुपर्ने हुन्छ ।

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…