प्रधानमन्त्री ओलीलाई भयो एपेन्डिसाइटिस अस्पताल भर्ना

काठमाडौं। प्रधानमन्त्री केपी ओली एपेन्डिसाइटिस भएपछि अस्पताल भर्ना हुनुभएको छ । सुरुमा नियमित स्वास्थ्य परीक्षण भनेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज जानुभएका  प्रधानमन्त्री ओलीलाई डाक्टरहरुले एपेन्डिसाइटिस भएको बताएपछि भर्ना गरिएको हो।

प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोलोजी भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री ओलीलाई अस्पतालमा भर्ना गरिएको बताए। डाक्टरहरुले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गरेपछि भर्ना हुन सुझाव दिएपछि अस्पताल भर्ना गरिएको जानकारी दिए।

‘अहिले प्रधानमन्त्रीलाई अस्पताल भर्ना गरिएको छ,’ प्रेस सल्लाहकार थापाले डिसी नेपालसँग भने। प्रधानमन्त्रीका निजी चिकित्सक डा. अरुण सायमीले प्रधानमन्त्री प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस भएको बताएका छन्।

मंगलबार विहान पेट दुख्ने समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई अस्पताल पुर्याइएको थियो। मृगौला पीडित प्रधानमन्त्री ओलीले यसअघि चार पटकसम्म ग्राण्डी अस्पतालमा डायलासिस गराएका थिए।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…