सन्दिप लामिछानेको आखाको गरियो अप्रेशन साग नखेल्ने पक्का

नेपालि रास्ट्रीय टिमका मुख्य खेलाडी तथा लेग स्पिनर सन्दिप लामिछानेको आखाको सल्यक्रिया भएको छ टि १० लिग खेलेरे फर्किने बितिकै उनको सल्यक्रिया तिलगंगा आखा अस्पताल मा गरियको हो तर के कारणले गरिएको भन्ने अहिले सम्म खुलाइएको छैन ।

नेपाल क्रिकेट संघका एनालाइटिक्स रमण शिवाकोटीले लामिछानेको आँखाको शल्यक्रिया तिलगंगा आँखाँ अस्पतालमा गरिएको पुष्टि गरे।तर, उनको समस्या के हो भन्नेबारे भने जानकारी दिइएको छैन। टि टेन लीग खेल्न यूएई गएका सन्दीपले आफ्नो टिमका लागि खेल्न सकेका थिएनन्। उनी यूएईबाट फर्के लगत्तै आँखाको शल्य क्रिया भएको हो।

शल्यक्रियापछि आराम गर्नुपर्ने भएकाले सन्दीपले दक्षिण एशियाली खेलकुद ( साग)मा नेपालका लागि खेल्न नपाउने भएका छन्। शिवाकोटीले सन्दीपले साग नखेल्ने पक्का भएको पुष्टि गरेका छन्। सन्दीपको शल्यक्रिया ठिक हुन २ हप्ता देखि २० दिन लाग्ने सिवाकोटीले जानकारी गराए।

सन्दीप टिमबाट बाहिरिएपछि नेपालले उनको स्थानमा रोहित कुमार पौडेललाई टिममा बोलाईएको छ । यस अघि साग खेल्ने टिममा रोहित वैकल्पिक खेलाडीको रुपमा रहेका थिए ।

टियु क्रिकेट मैदानमा हुने सागमा नेपालले श्रीलंकासँग डिसेम्बर ३ मा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै नेपालले डिसेम्बर ५ मा भुटानसँग खेल्दा डिसेम्बर ६ मा माल्दिभ्सको सामना गर्नेछ । नेपालले अन्तिम खेलमा डिसेम्बर ७ मा बंगलादेशसँग खेल्नेछ ।

सागको पुरुषतर्फ पाँच टिमले प्रतिस्पर्धा गर्ने छन् । जसमा नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्स रहेका छन् । भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्ने छैनन् । यस्तै बंगलादेश र श्रीलंकाले यू२३ टिम पठाउने छ । अन्य राष्ट्रको भने सिनियर टिम हुनेछ ।

राउण्ड रोबिनको आधारमा हुने पुरुष क्रिकेटको शीर्ष दुई टिमले स्वर्ण पदकको लागि खेल्ने छन् । यस्तै तेस्रो र चौंथो टिमले कास्यको लागि खेल्नेछ ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…