सार्बजनिक भयो नेपालको नया राजनीतिक नक्सा

काठमाडौं। भारतले कालापानी र लिपुलेक को इलाकालाई भारतमा राखेर नया नक्सा सार्बजनिक गरेपछि नेपालमा निकै ठुलो तरङ्ग पैदा भएको थियो नेपालि हिस्सालाई भारतले आफ्नो भनेर नक्सामा राखेको कारण नेपाललाई नया नक्सा निकाल्न दवाब समेत परेको थियो त्यसैले आज सिमा बचाउ अभियानका अभियान्ता हरुले नया नक्सा सार्बजनिक गरेका छन् ।

सीमा बचाऔं अभियानले लिपुलेक, कालापानी र लिम्पियाधुरामा भारतले अतिक्रमण गरेको सबै भूभाग नेपालभित्रै समेटिएको नेपालको नक्सा जारी गरेको छ । आज रिपोर्टर्स क्लवमा एक कार्यक्रमको आयोजना गरी अभियन्ताहरुले नेपालको नयाँ नक्सा सार्वजनिक गरेका हुन् ।

नयाँ नक्सा जारी गर्दै समितिका संयोजक भैरव रिसालले यो नक्सा सुगौली सन्धिले निर्धारण गरेको आधिकारिक नक्सा भएको बताए । अर्का अभियन्ता हिरण्यलाल श्रेष्ठले यो नक्सा भारतले जारी गरेको नक्साको काउन्टर भएको बताए । उनले सबै नेपालीलाई एकजुट भएर अगाडि बढ्न आग्रह गरे ।

नापी विभागका पूर्व महानिर्देशक पुण्य सुवेदीले केही वर्षअघि आफूहरुले पनि अध्ययन गरेर यस्तै नक्सा सरकारलाई पेश गरेको जानकारी दिए । समितिका सहसंयोजक द्वारिकानाथ ढुंगेलले यो मुद्दा अहिले उठाउँदा कसैले सरकारलाई धम्की दिएको समेत आफूले जानकारी पाएको बताए । -Dcnepal.com

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…