अन्तत नेपाल सरकारले कालापानीको बिषयमा बार्ता गर्न भारतलाई पत्राचार गरेको छ

काठमान्डौ, अन्तत नेपाल सरकारले कालापानीको बिसयमा भारत सरकार संग बार्ता गर्न औपचारिक पत्र पठाएको छ उक्त बार्ता कहिले हुने भन्ने चाइ भारत सरकार बाट पत्रको प्रतिउत्तर आएपछि मात्र थाहा हुने जनाइएको छ ।

कालापानी क्षेत्र फिर्ता ल्याउनका लागि सरकारले कूटनीतिक पहल गरेन भन्ने आरोप लागि राखेका बेला परराष्ट्र मन्त्रालयले वार्ताका लागि यसै साता भारतलाई पत्र पठाएको हो ।

लिम्पियाधुरादेखि लिपुलेकसम्को क्षेत्रलाई समेटेर भारतले जारी गरेको नक्साप्रति असहमति जनाउँदै नेपालले वार्ताका आग्रह गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । पत्रमा पुस पहिलो साताको मिति र वार्तास्थल काठमाडौंसमेत प्रस्ताव गरिएको जनाइएको छ ।

नेपालले पठाएको पत्रको भारतीय पक्षबाट कुनै जवाफ आएको छैन्। जवाफपछि वार्ताको तयारी थाल्ने गरि परराष्ट्र मन्त्रालय तयारी गरेको छ ।
वार्ताको प्रयास भइरहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि बताएका थिए ।

बिहीबार नारायणहिटीमा आयोजित एक कार्यक्रमपछि पत्रकारमाझ परराष्ट्रमन्त्री ज्ञवालीले भारतसँग वार्ताको प्रयास भइरहेको बताएका हुन् ।

भारतले नेपाली भूमिसमेत समेटेर नयाँ नक्सा जारी गरेसँगै त्यसको नेपालमा चर्को विरोध भएको थियो । नेपाल सरकारले पनि नक्सा स्विकार्न नसकिने बताउँदै आएको थियो तर, कूटनीतिक प्रयास भने भएको थिएन् ।

भारतीय गृह मन्त्रालयले १६ कात्तिकमा सार्वजनिक गरेको नक्सामा नेपालको कालापानीलाई आफ्नो मानचित्रमा राखेको थियो । सरकारले २० कात्तिकमा विज्ञप्तिमार्फत नेपालको कालापानीलाई भारतीय नक्सामा राख्ने निर्णय मान्य नभएको स्पष्ट पारेको थियो ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…