नेपालको बिरोध पछी भारतले निकाल्यो पुन: नया नक्सा

काठमाडौं, मंसिर ७ भारतले निकालेको नया राजनीतिक नक्साको नेपालमा ब्यापक बिरोध भएपछी भारतले पुन: नया नक्सा सार्बजनिक गरेको छ तर उक्त नक्सामा कालिनदीको नाम मात्र थपेर उही पुर्ने नक्सालाई सार्बजनिक गरेको छ

भारतले कालापानी क्षेत्र आफ्नो नक्सामा राखेपछि नेपाललमा विरोध हुँदा भारतले अर्को भ्रम छरेको छ । नेपालमा चर्को विवाद भएपछि भारतले नक्सा संशोधन गरेको गर्दै अर्को भ्रमण छरेको हो । अन्नपूर्णमा खबर छ ।

भारतले यसअघि कात्तिक १५ गते जारी गरेको नक्सामा काली नदी भारतमा राखिएको थियो । जसको नेपालमा व्यापाक विरोध भएको थियो । अहिले भारतले संशोधन गरेको भनिएको नक्सामा पनि त्यही नदी देखाइएको छ तर नाम मात्रै झिकिएको छ ।

जम्मु कश्मीरलाई दुई प्रान्तमा विभाजन गरेपछि जारी नक्सामा भारतले काली नदीलाई पूरानै स्थानमा राखेको थियो । लिम्पियाधुरालाई काली नदी स्वीकार गरेको थियो । सर्भे अफ इन्डियाले तीन साता नबित्दै नवौं संस्करणको नक्सा बाहिर ल्याएको हो ।

सुगौली सन्धीमा नेपालको पश्चिमी सीमा स्पष्ट भएपनि भारतले नक्सालाई उलटपुलट पार्दै नेपाली भूमि अतिक्रमण गरिरहेको छ ।

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…