गोकर्ण विष्टलाई मन्त्रीबाट हटाएलगत्तै मेनपावर व्यवसायीको दादागिरी सुरु

काठमाडौं, कात्तिक ७ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनका क्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई पदबाट हटाइ नया मन्त्रीलाई न्युक्ति गरेपछि मेनपावर ब्यबसायी हरु खुसि र हर्सित देखिएका छन अहिले सम्म ठग्दै आएको र गोकर्ण बिस्ट मन्त्रि भएपछी सबै रोकिएको हुनाले  मेनपावर व्यवसायीको चुरफुरी बढेको छ ।

गोकर्ण विष्ट हटेर नयाँ मन्त्री आएकै भोलिपल्ट वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुले ठग्न पाउनुपर्ने खालको आशय राखेका छन् । मेनपावरलाई नियमन गर्ने सरकारी अड्डा वैदेशिक रोजगार विभागलाई पत्र पठाएर उनीहरुले हरेक काममा सहकार्य गर्न भनेका छन् । जबकी विभागका महानिर्देशक डा. भिष्मकुमार भुसालले अहिले विभाग परिसरमा मेनपावर दलाललाई प्रतिबन्ध लगाएका छन् भने मेनपावरमा पनि कडाइका साथ अनुगमन गरी कारवाही गरिरहेका छन् । सधै घुस खाने अड्डा र दलालहरुको अड्डाका रुपमा परिचित विभागको छवि सुधार्न गोकर्ण विष्टले आफूजस्तै इमान्दार व्यक्ति विभागमा महानिर्देशक बनाएका थिए । तर, विष्ट हटेसँगै व्यवसायीहरुले विभागलाई चेतावनी तथा धम्कीजस्तो पत्र पठाएर दबाब दिन सुरु गरेका छन् ।

‘व्यवसायीले यसरी सहकार्यको अपेक्षा गरे तापनि वैदेशिक रोजगार विभागले कुनै सम्पर्क, सम्वाद, सहकार्य र छलफल नगरी एकतर्फी रुपमा एक पछि अर्को गर्दै विभिन्न निर्णय गर्ने, विभिन्न कागजात माग गर्ने र नयाँ नयाँ प्रावधानहरु लागू गर्नेजस्ता कार्यले व्यवसायीमा द्विविधा उत्पन्न भएको देखिन्छ,’ वैदेशिक रोजगार व्यसायी संघका महासचिव सुचितकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एकतर्फी रुपमा गरिएका निर्णय र प्रावधानले सकारात्मक परिणाम नदिने भएकाले आगामी दिनमा ईजाजतपत्र प्राप्त वैदेशिक रोजगार व्यवसायीसँग सम्बन्धित निर्णय, प्रावधानहरु लागू गर्दा नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँग सहकार्य गरी निर्णय, प्रावधान लागू गर्न गराउन वैदेशिक रोजगार विभाग लगायत सम्बन्धित निकायमा अनुरोध गरिन्छ ।’

यता राम्रो काम गरेका गोकर्णलाई हटाएको भन्दै चोतर्फी सरकारको विरोध भइरहेको छ । पार्टीभित्रै नेताले सरकार दलाल र पुँजीपतिको वर्गको चंगुलमा फसेको टिप्पणी गरेका छन् ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…