जव भावुक हुँदै ट्याक्सी चढेर सिंहदरबारबाट घर फर्किए गोकर्ण विष्ट

काठमाण्डौं – बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद पुनर्गठन गरेसँगै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीबाट बाहिरिएका गोकर्ण विष्ट बिहीबार सिंहदरबारबाट ट्याक्सी चढेर फर्किनुभएको छ ।

श्रमिकको हितका लागि काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित कर्मचारीलाई धन्यवाद दिँदै मन्त्री विष्ट सिंहदरबार गेटबाट ट्याक्सी चढेर फर्किनुभएको हो ।

आठ वर्षअघि उर्जा मन्त्रीबाट बाहिरिंदा पनि विष्ट सिंहदरबारबाट हिँड्दै बाहिरसम्म आएर ट्याक्सी चढेर घर फर्किनुभएको थियो । बिहीबार श्रम मन्त्रीबाट बाहिरिंदै गर्दा पनि उहाँले सबैलाई धन्यवाद दिँदै सिंहदरबार बाहिरसम्म हिँडेर ट्याक्सी चढेर फर्किनुभएको हो ।

‘मलाई २० महिनाको अवधिमा कम्तीमा यो अवसर दिएर श्रम क्षेत्र र यसका समस्या बुझ्ने र नागरिकको लागि काम गर्दा आउने कठिनाई बुझ्ने मौका दिएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु, ’ मन्त्री विष्टले भन्नुभयो, ‘ म मन्त्री पदमा रहे पनि, नरहे पनि सुखी नेपाल र सम्बृद्ध नेपाल निर्माणका लागि मेरो साथ सधैं रहनेछ ।’ श्रम तथा रोजगारका क्षेत्रमा आफूले गरेको कामको समीक्षा गर्दै मन्त्री विष्टले नवनियुक्त मन्त्रीलाई काममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो मन्त्रालयले बाँकी कामलाई जुन उचाईबाट काम गर्नु पर्नेछ, त्यसलाई अघि बढाउन नवनियुक्त मन्त्रीलाई मेरो साथ र सहयोग रहने छ ।’ मन्त्री पदमा नरहे पनि आफ्नो बाँकी जीवन नागरिककै हितको कामका लागि खर्चिने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री विष्टले अन्यायमा परेका नागरिकका लागि सधै आवाज उठाउने बताउनुभयो ।

‘गरिबी अभाव र अन्यायमा रहेका नागरिक जहाँ जहाँ अन्यायमा पर्नेछन् त्यहा त्यहाँ मेरो आवाज गुन्जिने छ,’ विष्टले भन्नुभयोे ‘त्यसका लागि मन्त्री नभएर पनि म क्रियाशिल नै रहनेछु ।’

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…