सिंहदरबारबाट ट्याक्सी चढेर घर फर्किए पूर्वमन्त्री गोकर्ण विष्ट

काठमाण्डौं – बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले नया  मन्त्री परिषद पुनर्गठन गरेसँगै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीबाट बाहिरिएका गोकर्ण विष्ट बिहीबार सिंहदरबारबाट ट्याक्सी चढेर फर्किनुभएको छ उहाले सानो पत्रकार सम्मेलन गर्दै आफुले गरेको  काम को बारेमा जानकारी समेत दिनुभयो  ।

श्रमिकको हितका लागि काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित कर्मचारीलाई धन्यवाद दिँदै मन्त्री विष्ट सिंहदरबार गेटबाट ट्याक्सी चढेर फर्किनुभएको हो ।

आठ वर्षअघि उर्जा मन्त्रीबाट बाहिरिंदा पनि विष्ट सिंहदरबारबाट हिँड्दै बाहिरसम्म आएर ट्याक्सी चढेर घर फर्किनुभएको थियो । बिहीबार श्रम मन्त्रीबाट बाहिरिंदै गर्दा पनि उहाँले सबैलाई धन्यवाद दिँदै सिंहदरबार बाहिरसम्म हिँडेर ट्याक्सी चढेर फर्किनुभएको हो ।

‘मलाई २० महिनाको अवधिमा कम्तीमा यो अवसर दिएर श्रम क्षेत्र र यसका समस्या बुझ्ने र नागरिकको लागि काम गर्दा आउने कठिनाई बुझ्ने मौका दिएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु, ’ मन्त्री विष्टले भन्नुभयो, ‘ म मन्त्री पदमा रहे पनि, नरहे पनि सुखी नेपाल र सम्बृद्ध नेपाल निर्माणका लागि मेरो साथ सधैं रहनेछ ।’ श्रम तथा रोजगारका क्षेत्रमा आफूले गरेको कामको समीक्षा गर्दै मन्त्री विष्टले नवनियुक्त मन्त्रीलाई काममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्रीबाट हटेपछि गोकर्ण विष्टले भने ‘ज्यामी माहुरीले जस्तै काम गरे’

उहाँले भन्नुभयो, ‘यो मन्त्रालयले बाँकी कामलाई जुन उचाईबाट काम गर्नु पर्नेछ, त्यसलाई अघि बढाउन नवनियुक्त मन्त्रीलाई मेरो साथ र सहयोग रहने छ ।’ मन्त्री पदमा नरहे पनि आफ्नो बाँकी जीवन नागरिककै हितको कामका लागि खर्चिने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री विष्टले अन्यायमा परेका नागरिकका लागि सधै आवाज उठाउने बताउनुभयो ।

‘गरिबी अभाव र अन्यायमा रहेका नागरिक जहाँ जहाँ अन्यायमा पर्नेछन् त्यहा त्यहाँ मेरो आवाज गुन्जिने छ,’ विष्टले भन्नुभयोे ‘त्यसका लागि मन्त्री नभएर पनि म क्रियाशिल नै रहनेछु ।’

भर्खरै प्रकाशित

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…