आज प्रधानमन्त्रीले केहि मन्त्रीहरुलाई हटाइ नया मन्त्रि हरु थप्दै

काठमान्डौ- प्रधानमन्त्री कप शर्मा ओलीले आज केहि मन्त्रीहरुलाई हटाइ नया मन्त्रि हरु हेरफेर गर्नुहुने भएको छ, कार्यसम्पादन को मुल्यांकन गर्दै प्रधानमन्त्रीले केहि नया मन्त्रीहरुलाई हटाइ नया मन्त्रीहरुलाई मन्त्रालयको कार्यभार समाल्न दिने सरकारका प्रबक्ता गोकुल बास्कोटाले जानकारी दिनुभयो ।

हिजो (मंगलबार) साँझ ६ बजे बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रीहरुलाई धन्यवाद दिँदै बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने जानकारी दिएका हुन् ।

बैठकमा प्रधानमन्त्रीले सबैमन्त्रीलाई धन्यवाद दिएको जानकारी दिँदै सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेको जानकारी दिए ।

खबरहबसँगको कुराकानीमा प्रधानमन्त्री केपी शर्माको भनाई उदृत गर्दै मन्त्री बास्कोटाले भने, ‘आज साँझ ६ बजे झण्डै २० मिनेट जति मन्त्रिपरिषद बैठक बस्यो । बैठकमा प्रधानमन्त्री ज्यूले सबै मन्त्रीहरुलाई धन्यवाद दिनुभएको छ । उहाँले भोलि आफूले केहि नयाँ गर्ने पनि जानकारी गराउनुभएको छ ।’

मन्त्रिपरिषद बैठकमा निक्कै भाबुक रुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले लामो समयको तयारीपछि मन्त्रिपरिषद पुनर्गठन गर्ने मनस्थितिमा पुगेका हुन्।

प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यको कारण देखाउँदै सरकारलाई थप चलायमान बनाउन नयाँ निर्णय लिने मनस्थितिमा पुगेका हुन ।

मन्त्रिपरिषदका सबै सदस्यलाई नहटाई केहिमन्त्रीलाई मात्र जिम्मेवारीबाट मुक्त गर्ने तयारीमा प्रधानमन्त्री छन् । स्रोतका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, कृषि मन्त्री चक्रपाणी खनाल, उद्योग मन्त्री मातृका यादव, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा तथा राज्यमन्त्रीहरु धनबहादुर बुढा र रामकुमारी चौधरीलाई हटाउने तयारी गरेका छन् ।

सरकारका कामकारबाहीका विषयमा लामो समयदेखि आलोचना भइरहेका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठनको तयारी गरेका हुन् ।

 

भर्खरै प्रकाशित

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…

नेपालको परराष्ट्र नीति : खतिवडालाई देखेका बाइडेन पनि अब अर्को…

काठमाडौँ । अन्तर्राष्ट्रिय जगतमा नेपालको कूटनीतिक छवि कमजोर रहेको चर्चा बारम्बार हुने गर्छ । अरुको त के कुरा भूटानी शरणार्थीको सवालमा नै नेपाल भूटानसंग कुटनीतिक…